साहित्यAll

वातावरण

छन्द=मन्दाक्रान्ता
(वातावरण)
हरिप्रसाद रिमाल
म भ न त त गु गु
sss sii iii ssi ssi ss
खोला खोल्सा सब सुकिसके मूलमा तोय छैन
धर्ती बाँझो दिन दिन भयो भाग्छ आनन्द चैन
धेरै हाम्रा वन-तरु-लता काटिँदै छन् सिनिक्क
हाम्रो वातावरण सकियो बाँच्नआधार ठप्प।।१

धर्ती ऊर्जा रहित बनियो शक्तिेसामर्थ्य हीन
मान्छे त्यस्तै कमसल भए चेतनाशून्य दीन
खाने हाम्राअसल चिजको छैन स्याहार आज
ठान्छौँआफू हिमशिखरझैँ चिन्न छाड्यौँ समाज।२

आयो कोलाहल भुवनमा ख्याल गर्दैन मन्छे
केले यस्तो सुख निहुरियो चिन्न सक्ने न भान्से
सारा हाम्रा तरु फल बुटा काटिए देखिँदैनन्
नाङ्गा पाखा सबतिर भए वृक्ष नै भेटिँदैनन्।।३

मासी पर्यावरणअहिले सुख्ख खोज्ने कुबुद्धि
भन्छन् आफैँअसहज भयो छिट्न थाले विषादी
मास्दा यस्तो कलह जगमा झ्याँगिदै यत्र तत्र
बाँच्ने वातावरण सकियो सत्य बोल्दै छ चित्र।।४

रोपे पाखा वनतिर जुटी वृक्षका धेर जात
गर्दा संरक्षण सब यहाँ हुन्न दु:खी समाज
मास्ने मात्रै जन-मन भए गर्न को गर्छ इच्छा
हाम्रो वातावरण लय भो दूर भाग्यो तितिक्षा।।५

सारा खाद्यान्न र फल बुटी चिन्न सक्ने न कोही
हाम्रो बस्ती असल छ भनी भन्छ को नित्य द्रोही
बन्दै मास्यौँ वन र बिरुवा तोयका मूल सारा
रोगी बन्दा असफल बुझी पिट्न लाग्यौँ निधार।६

Show More

Related Articles

Back to top button