समाचार

चक्कु प्रहार गरी बुबाको हत्या गर्ने छोरा पक्राउ

दमौली खबर संवाददाता

तनहुँ, वैशाख ८ गते

तनहुँमा एक युवकले शुक्रबार दिउँसो चक्कु प्रहार गरी आफ्नो बुबाको हत्या गरेका छन् । म्याग्दे गाउँपालिका–६ घर भई हाल शुक्लागण्डकी नगरपालिका –९ घारी स्थितमा छोरी रस्मी बि.क.को घरमा बस्दै आएका बर्ष ७६ को रापबहादुर बिकलाई निजकै छोरा बर्ष २६ को दिपक बिकले हत्या गरेका हुन् ।

धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको, उक्त घटनामा सङ्लग्न छोरालाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेकोे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दीपकुमार रायले जानकारी दिनुभयो ।

Show More

Related Articles

Back to top button