हेडलाईनसमाचारशिक्षा

शिव पाञ्चायन माविमा शिक्षकको पेशागत दक्षता अभिवृद्धि कार्यशाला सञ्चालन

दमौली, भदौ ११
व्यास नगरपालिका–३ देउरालीनगर, दमौली स्थित शिव पाञ्चायन माध्यमिक विद्यालयमा परिवर्तित पाठ्यक्रम प्रबोधिकरण तथा शिक्षकको पेशागत दक्षता अभिवृद्घि सम्बन्धि कार्यशाला शुक्रबारबाट सञ्चालन गरिएको छ । कार्याशाला तीन दिन सम्म सञ्चालन हुने विद्यालयले जनाएको छ । कार्यशालाको  व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपाने उद्घाटन गर्नुभयो । सो अवसरमा नगर प्रमुख न्यौपानेले शिक्षकहरु लगनशिल, मिहिनेती र समयानुकुल अनुसार विषयवस्तुमा दक्ष हुन जरुरी रहेको बताउनुभयो  ।
             कार्यशालामा व्यास नगरपालिका उप प्रमुख इन्दिरा दरै, गण्डकी प्रदेश तालिम केन्द्र प्रमुख नेपालहरि रानाभाट, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख वसन्तराज पौडेल, यस विद्यालयका संस्थापक अध्यक्ष श्री पवित्रा पौडेल, वडा नं. ३ का वडा अध्यक्ष श्री अनुप राना, व्यास नगरपालिका शिक्षा शाखा प्रमुख श्री नविन पराजुली, वि.व्य.स. का अध्यक्ष श्री विष्णुभक्त न्यौपाने, वडा नं. ३ का सदस्य श्री श्रीमाया वि.क., पूर्व वि.व्य.स. अध्यक्ष श्री नेत्र बहादुर रानाभाट ज्यूहरुले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो । उक्त कार्यक्रमको सहजिकरण तथा विषयवस्तु माथि विद्यालयका प्रधानाध्यापक श्री बलराम वाग्ले ज्यूले गर्नुभयो भने स्वागत मन्तव्य पूर्व प्र.अ. एवम् शिक्षक श्री सरिता पौडेल ज्यूले गर्नुभयो र कार्यक्रम सञ्चालन विद्यालय शिक्षक प्रतिनिधि हेमलाल घिमिरे ज्यूले गर्नुभयो ।
                  देउरालीनगर समुदायिक सिकाई केन्द्र, व्यास ३ को आयोजना र श्री शिव पाञ्चायन मा.वि. व्यास ३, देउरालीनगर, तनहूँ को संयोजनमा कार्यक्रम सञ्चालन भएको हो । श्री शिव पाञ्चायन मा.वि. शिक्षकहरु १८ जना र महर्षि वेदव्यास संस्कृत मा.वि. शिक्षकहरु ६ जना सहित जम्मा २४ जना सहभागी भएको शिक्षक श्री विकास आले ज्यूले जानकारी दिनुभयो । २०७९÷०५÷१० गते देखि १२ गते सम्म सञ्चालन हुने कार्यक्रमको पहिलो दिन प्रशिक्षकको रुपमा गण्डकी प्रदेशका तालिम केन्द्र प्रमुख श्री नेपालहरि रानाभाट, प्रशिक्षक श्री तोया गिरी र प्रशिक्षक श्री मिन बहादुर नेपाली ज्यूले परिवर्तित पाठ्यक्रम प्रबोधिकरण सम्बन्धि तालिम दिनुभयो । उद्घाटन कार्यक्रममा देउरालीनगर सामुदायिक सिकाई केन्द्र व्यास–०३ का अध्यक्ष एवं श्री शिव पाञ्चायन माध्यमिक विद्यालयका शि.अ.सं. अध्यक्ष श्री बाबुराम बगाले ज्यूको सभापतित्वमा सम्पन्न भयो ।
Show More

Related Articles

Back to top button