समाचार

तनहुँ ख्रीष्टिय युवा संगतीद्धारा मानहुँकोट सरसफाई

मंसिर १० दमौली
तनहुँ ख्रीष्टिय युवा संगतीका जवानहरुले बुधबार तनहुँको भाइरल बनेको मानहुँकोट सरसफाई गरेका छन् । दमौलीबाट ६ कि.मि टाढा रहेको मानहुँकोटमा दैनिक सयौँको संख्यामा आन्तरिक पर्यटक आएपछि फोहोर मैला व्यवस्थापनमा राम्रोसंग नभएको स्थानियको गुनासो रहेको थियो । बुधबार व्यास ५ का वडा अध्यक्ष मोहन कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सरसफाई कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका बोल्दै वडा अध्यक्ष श्रेष्ठले सरसफाई अभियानमा जुट्नु भएकोमा सम्पुर्ण तनहुँ ख्रीष्टिय युवा संगती परिवारलाई धन्यवाद व्यक्त गरेका थिए । उनले भने “मानहुँकोटको सरसफाई हामी सबैको दाहित्ब हो । वडाको मात्र प्रयासले यो सम्भब छैन् ।

नागरिक स्तरबाट नै सरसफाईमा ध्यान दिनु पर्छ” । तनहुँको विभिन्न ठाउँबाट आएर मानहुँकोट सरसफाई गरिदिनु भएकोमा तनहुँ ख्रीष्टिय युवा संगतीलाई आभार व्यक्त गरेका छन् । उनले सोही कार्यक्र मार्फत आन्तरिक पर्यटकलाई पनि सके सफा गर्न नसके फोहोर नर्गन आग्रह गरेका छन् । तनहुँका विभिन्न चर्चहरुबाट ५० भन्दा बढी जवानहरुको उपस्थिती रहेको सो कार्यक्रममा तनहुँ ख्रीष्टिय युवा संगतीका सचिव राजु थापाले सहजिकरण गरेका थिए ।

Show More

Related Articles

Back to top button