समाचार

पत्रकार महासंघको शोक व्यक्त


दमौली खबर संवाददाता

साउन ३२, दमौली । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले साधारण सदस्य सूर्यभक्त पौडेलका श्रीमती तथा शाखाका अध्यक्ष उज्वल पौडेलको भाउजु अप्सरा भण्डारी पौडेलको निधन भएकामा दुःख व्यक्त गरेको छ । शाखा सचिव प्रताप रानाले आइतबार प्रेस विज्ञप्तीमार्फत् व्यास–१० शेवर निवासी अप्सराको निधनको घटनाले महासङ्घलाई स्तब्ध र दुःखी तुल्याएको उल्लेख गरेका छन् ।

विज्ञप्तीमा स्वर्गीय पौडेलप्रति श्रद्धाञ्जली अपर्ण गर्दै आत्माको चीरशान्तिको कामना गरिएको छ। “शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना सहित परिवारजनमा गहिरो समावेदना व्यक्त गर्दछौ,” विज्ञप्तीमा उल्लेख छ । पोखराबाट दमौलीतर्फ आउँदै गरेको यात्रुवाहक बस गत सोमबार व्यास–५ कन्टारमा दुर्घटना हुँदा घाइते भण्डारीको उपचारका क्रममा शनिबार काठमाडौ ग्राण्डी अस्पतालमा मृत्यु भएको थियो । उपचारका लागि पोखरा लगिएकामा थप उपचारका लागि भण्डारीलाई हेलिकप्टरबाट काठमाडौ पुर्याइएको थियो ।

Show More

Related Articles

Back to top button