हेडलाईनसमाचारशुभकामनाAll

नेता गुरुङ केन्द्रीय सदस्यमा मनोनयन

दमौली खबर संवाददाता
दमौली, ३० साउन । नेपाली काँग्रेसमा युवा अवस्थादेखि नै निरन्तर लागि पर्नु भएका शुकुमलाल गुरुङ वीपी विचार राष्ट्रिय समाजको केन्द्रीय सदस्यमा मनोनित हुनु भएको छ ।
 बन्दीपुर गाउँपालिका–२ मुच्चुकमा जन्मनु भएका हकि स्वभावका जनजाति नेताको पहिचान बनाउनु भएका गुरुङ विपी विचार समाज तनहुँको सदस्य पनि हुनुहुन्छ । वीपी विचार राष्ट्रिय समाजको हालै बसेको वैठकले विधान दफा १३ बमोजिम नियुक्त भएको पत्र समाज सभापति कुलबहादुर गुरुङद्धारा हस्ताक्षर गरिएको छ ।
यसैबीच केन्द्रीय सदस्य सदस्य मनोनित हुनु भएकोमा विपी विचार समाज तनहुँले बधाई ज्ञापन गरेको छ । समाजका अध्यक्ष हरिशरण पण्डित लगायतले खादा लगाएर बधाई ज्ञापन गर्नु भएको थियो । सो अवसर नेता गुरुङले योगदानको कदर गर्दै केन्द्रीय सदस्यमा मनोनित गरिएको प्रति अभार व्यक्त गर्दै थप जिम्मेवार बोध भएको बताउनुभयो । यसैगरी तनहुँ सञ्चार सहकारी सस्था लिमिटेडले पनि बधाई ज्ञापन गरेको छ । सस्था अध्यक्ष हरिशरण पण्डित लगायतले सोमबार बधाई ज्ञापन गर्नु भएको हो ।
Show More

Related Articles

Back to top button