समाचारAll

शान्ति वर्षमा वादविवाद प्रतियोगिता सम्पन्न

दमौली खबर संवाददाता
तनहुँको  व्यास ५ चापाघाट स्थित शान्ति वर्ष अङग्रेजी मा.वि मा अतिरिक्त क्रियाकलाप अन्र्तरगत वादविवाद प्रतियोगिता सम्पन्न भएको छ ।
वादविवाद प्रतियोगिता तहगत रुपमा भएको थियो । माध्यमिक तथा निम्न माध्यमिक तहमा समाजिक सञ्जालको सदुपयोग तथा दुरुपयोग भन्ने शिर्षकमा भएको थियो भने प्रा.वि तहमा सहरीया जिवन भन्दा गाउँले जिवन बेस भन्ने शिर्षकमा भएको थियो ।   माध्यमिक तहको कार्यक्रमको सभापतित्व कक्षा १० का छात्रा पल्पसा श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम सहजीकरण कक्षा १० का छात्रा योजिता घिमिरे र छात्र समिप जोशीले गर्नु भएको थियो । निम्न माध्यमिक तहको सभापतित्व शिक्षक गणेश साफीले गर्नुभएको थियो भने कार्यक्रम सहजीकरण शिक्षक राम वहादुर आलेले गर्नु भएको थियो । प्रा.वि तहको कार्यक्रमको सभापतित्व कक्षा ५ का छात्र सिद्धार्थ खनालले गर्नु भएको थियो भने कार्यक्रम सहजीकरण कक्षा ५ का छात्र समिप पण्डित र समर्पण आर्चायले गर्नुभएको थियो ।
सहिद चन्द्र नेपाली छात्रवासमा बसेर अध्ययन गरिरहेका छात्राहरुसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त छलफल कार्यक्रम छात्रावास व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर रसाईलीको अध्यक्षतामा भएको थियो । उक्त छलफलमा नव आगन्तुक विद्यार्थीहरुसंगको परिचय कार्यक्रम र छात्रावासमा रहेर अध्ययन गर्ने विद्यार्थीहरुले ध्यानदिनुपर्ने विषयहरुका बारेमा क्याम्पस प्रमुखले जानकारी गराउनुभएको थियो । सो अवसरमा समितिका अध्यक्ष होमबहादुर रसाइलीले छात्रावास निर्माणको उद्देश्य र छात्रावास विस्तारको आगामी योजनाका बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनुभएको थियो । साथै सोही अवसरमा छात्राबासको प्रमुख मीना श्रेष्ठले विद्यार्थीहरूको हालको अवस्थाको बारेमा बताउनुभएको थियो ।  विद्यार्थीहरुलाई गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) भनेको के हो र यसको प्राप्तिकालागि क्याम्पसले गरेका काम र छात्रावासमा बसेर अध्ययन गर्ने विद्यार्थीले निभाउनु पर्ने कर्तव्यका बारेमा पनि जानकारी गराइएको थियो ।
 २००७ सालको जनक्रान्तिमा  राणा शासकको दमन र अत्याचारका बिरुद्ध प्रजातन्त्रका पक्षमा लड्दा क्रुरतापुर्वक तनहु जिल्ला को तत्कालिन सदरमुकाम बन्दिपुर मा रहेको सैनिक हिरासतमा गोलीहानी  मारिएका तनहुँ सुरका युवा सहिद चन्द्र बहादुर सार्कीको नाममा डोबाटे विक लगायत स्थानिय शिक्षाप्रेमीहरुको पहलमा ब्यास–१, हाइस्कुल टार स्थित निर्मल माविले उपलब्ध गराएको क्याम्पसको प्राङ्गणमा जोडिएर रहेको जग्गामा सहिद चन्द नेपाली छात्रावास निर्माण समिति नामक गैरसरकारी संस्थाले निर्माण गरेको भवनमा आदिकवि भानुभक्त क्याम्यसले छात्राहरुका लागि सहिद चन्द्र नेपाली छात्रवास सञ्चालन गर्दै आएको छ । उक्त छात्राबासमा बसेर हाल ३२ जना विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । गोरखा, लमजुङ र तनहुँ लगायतका जिल्लाहरुका विभिन्न भागका न्यूनआय भएका, असाहय र दुर्गम भेगका विद्यार्थीहरुले छात्राबासको सुविधा लिँदै आइरहेका छन् ।
Show More

Related Articles

Back to top button