समाचारव्यासनगरपालिका

सार्वजनिक सुनुवाईमा पोखिए गुनासाका चाङ

असारमा धान लगाईसके पछि देवबहादुर गुरुङ मल राख्न दमौली बजार भरि मल खोजे । तर उनले कतै पनि मल पाएनन् । व्यास १ मा बस्दै आएका गुरुङले मलको लागि व्यास नगरपालिकामा माग गर्न पुगे । उनले मल लगायत बीउको समस्या बारे गुनासो नगरप्रमुख वैकुण्ठ न्यौपाने सक्षम राख्ने कोसिस गरे । तर नगरप्रमुखको व्यस्तताको कारणले गुरुङले आफनो गुनासो राख्न पाएनन् । तर मंगलबार नगरपालिकामा आयोजना गरिएको एक कार्यक्रममा उनले नगरप्रमुख सँग आफनो गुनासो सुनाउने मौका पाए ।

नगरपालिकाले आयोजना गरेको र महिला सशक्तिकरण सञ्चार समाजल सहजीकरण गरेको ‘जनता सँग स्थानिय तह’ कार्यक्रममा गुरुङले निर्धक पूर्व आफनो गुनासो र समस्या नगरप्रमुख सामु राख्न पाए । गुरुङले नगरप्रमुख सामु भने,‘रोपाई गरिसके पछि मल पाएन, हरेक वर्ष मलकै समस्या आईरहेको छ । मल कता पाईन्छ भन्नीपनि थाहा छैन । मल खोज्दा हामीले धेरै दुःख पाएयौ । ’ केही साता अगाडी नगरपालिकाले वितरण गरेको आलु बिउ पाउन समेत सास्ती भोग्नु परेको उनले गुनासो गरे । व्यास ६ मादिवेशीका नवराज न्यौपानेले पनि नगरपालिकाले वितरण गदै आएको कृषि अनुदान सबै कृषकले नपाएको गुनासो पोखे ।

न्यौपानेले भने,‘नगरपालिकाले केही वडाका कृषकलाई मात्र अनुदान दिन्छ । अन्य वडामा कृषकले भने अनुदाननै पाउदैनन् । ’ उनले कृषकलाई अनुदान दिने व्यवस्था न्यायोचित नभएको बताए । उनले नगरपालिकाको योजना सम्झौता गर्ने क्रममा समेत ढिलाई भएको बताए । व्यास १ का ज्ञानेन्द्र बसौलाले मापढण्ड नबनाई वडामा हचुवाको भरमा बजेट वितरण भएको गुनासो गरे ।

उनले भने,‘बजेट विनियोजन गर्दा जंनसंख्या, भू—भोगको आधारमा गर्नुपर्ने हो । तर यहाँ हचुवाको भरमा बजेट हालिएको छ । ’व्यास २ का इमकुमार मल्लले बजार क्षेत्रमा रहेको सार्वजनिक जग्गामा अतिक्रमण भएको बताउदै सार्वजनिक जग्गाको संरक्षणमा ध्यान दिनुपर्ने बताए । व्यास २ की कल्पना गौलीले कौसीखेतीलाई नगरपालिकाले प्रवद्र्धन नगरेको गुनासो राखिन् । कार्यक्रममा सहरकारीको अनियमिता,अव्यवस्थित तार,मादीनदी माथिको दोहन,पुलको संरक्षण,काममा ढिलासुस्ती लगायतका विषयमा नगरवासीले गुनासो राखेका थिए । नगरवासीको गुनासो सम्बोधन गदै नगरप्रमुख न्यौपानेले नगरपालिकाले नगरवासीलाई सहज तरिकाले सेवा प्रदान गदै आएको बताए ।

उनले नगरवासीको हितमा गरेको काम कसरी नराम्रो हुन्छ भन्दै प्रतिप्रश्न गर्न समेत गरेका थिए । कृषि क्षेत्रमा उठेको प्रश्नको जवाफ दिदै समयमा नै मल र बीउ नपाएको विषयमा नगरपालिकाको ध्यानाकार्षन भएको बताउदै यसलाई सुधार गरिने बताए । बजेट विनियोजनको विषयमा उठेको प्रश्नको जवाफ दिदै उनले भने,‘वडाको आवश्यकताको आधारमा बजेट विनियोजन गरिएको छ । सबै वडालाई समान व्यवहार गर्ने गरेका छौं । ’ सार्वजनिक जग्गाको संरक्षणको लागि वडाबाट अभियान सुरु गरिएको बताए ।

नदीजन्य पर्दाथको उत्खनन् सम्बन्धी उठेको प्रश्नको जवाफ दिदै उनले भने,‘वातावरणको अध्ययन गरेर कानुनी प्रक्रियामा नदीजन्य बस्तु निकालीएको छ । ’कार्यक्रममा नगरपालिकाका विभिन्न् शाखाका प्रमुखले चालु वर्षको प्रथम चौमासिक अन्तर्गत विभिन्न गतिविधि र प्रतिवदेन प्रस्तुत गरेका थिए । अन्तगसञ्जालकी अध्यक्ष प्रकृति न्यौपानेले र सचिव अन्जु दाहाल लगायतले सहजीकरण गरेका थिए ।

Show More

Related Articles

Back to top button