समाचारAll

सिन्धुका ३८ जना बालबालिकाहरुले पाए सरसफाइ र खाद्यान्न सामग्री

दमौली खबर संवाददाता

दमौली, माघ २५

तनहुँको व्यास नगरपालिका–६ साँगे स्थित सिन्धु आधारभूत विद्यालयका ३८ जना बालबालिकाहरुलाई खाद्यान्न तथा सरसफाइ सामग्री बुधबार प्रदान गरिएको छ

अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका एक दम्पत्तिले बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई प्रदान गरेका हुन् । रिसेड तनहुँका संस्थापक अध्यक्ष मदन पौडेल र सहृदय मन्च तनहुँकी अध्यक्ष सावित्री सुवेदी पौडेलले व्यास नगरपालिका विशेष कक्षा अन्तर्गतका बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई सरसफाइ र खाद्यान्नका सामग्री प्रदान गर्नुभयो । अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका ति दम्पत्तिले उक्त विद्यालयका बौद्धिक अपाङ्गता भएका १५ र आदिवासी जनजाति, कुमाल समुदाय र दलित गरी ३८ जना बालबालिकाहरुलाई ति सामाग्री वितरण गरेका हुन । उक्त विद्यालयका बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको व्यवहारमा परिवर्तन ल्याउन र विद्यार्थीहरुलाई नियमित रुपमा आउने वातावरण बनाउन सरसफाइ र खाद्यान्नको सामाग्री वितरण गरिएको रिसेडका संस्थापक अध्यक्ष पौडेलले बताए । अपाङ्गता भएका बालबालिकाहरुलाई प्रोत्साहन गर्ने हेतुले ति सामग्री वितरण गरिएको सहृदय मन्च तनहुँकी अध्यक्ष सुवेदीले बताउनुभयो । ति दम्पत्तिले साबुन, ब्रस, मन्जन, बिस्कुट लगायतका सामग्री वितरण गरेका थिए । सामग्री पाउदा बालबालिकाहरु उत्साहित भएका थिए । विद्यालयकी स्रोत शिक्षक सितादेवी कुवरले ति सरसफाइका सामग्रीले बालबालिकाहरुलाई व्यक्तिगत सरसफाइमा सहयोग पुग्ने बताउनु भयो । विद्यालयकी अध्यक्ष बिमला कुमालले विद्यालयमा विभिन्न संघसंस्थाले सहयोग गर्दै आएकोमा धन्यवाद दिनुभयो । सामग्री पाउँदा बालबालिकाहरु खुसी भएका थिए ।

Show More

Related Articles

Back to top button