दमौली खबर संवाददाता
म्याग्दे, माघ २१
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधी सभा सदस्य शंकर भण्डारीले खेलकुदले मानसिक, शारीरिक विकास हुनुका साथै खेलाडीलाई अनुशासित बनाउने बताउनु भएको छ ।
तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा प्रथम अकला कप फुटबल प्रतियोगिता उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो । यस्ता प्रतियोगिताले राष्ट्रिय खेलाडीहरु उत्पादन गर्न सहयोग मिल्ने भण्डारीले बताउनुभयो ।
प्रतियोगिताको उद्घाटन खेलमा जिआर इलेक्ट्रोनिक्स युवा क्लवले गुणादी एफसिलाई १–० गोलले पराजित गरेको छ । प्रतियोगितामा बिजेतालाई १ लाख २२ हजार र उपबिजेतालाई ६६ हजार ६ सय ६६ रूपैयाँ नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र उपलब्ध गराइने आयोजकले जनाएको छ । प्रतियोगितामा ३० टिमको सहभागिता रहेको छ । क्लवका अध्यक्ष सुरज थापाको अध्यक्षतामा भएको कार्यक्रममा म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, वडा नं ६ का अध्यक्ष हिरा गुरूङ, दिपक श्रेष्ठ, टुकराज अधिकारी, वसन्तकुमार श्रेष्ठ, शिवशरण वाग्ले, हरिबहादुर थापा, दिलबहादुर नेपाली, बिकास नेपाली लगायतकाले खेलकुदनै देश चिनाउने हुँदा यसको जग बलियो बनाउन खेल क्षेत्रलाई गतिशिल बनाउन विभिन्न प्रतियोगिता गरिनु पर्नेमा जोड दिनु भएको थियो ।



