हेडलाईनसमाचार

जनताको भावाना अनुसारको काम गर्ने नेता अरु नभएकाले मेरो उम्मेदवारी ः नेता जोशी

दमौली खबर संवाददाता
भानु, मानेचौका , १८ भदौ ।
नेपाली काँग्रेसका पूर्वसहमामन्त्री तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीले जनताको भावाना अनुसारको काम गर्ने नेता तनहुँमा नभएकोले संघीय निर्वाचनमा उम्मेद्वारी घोषणा गरेको बताउनु भएको छ । सो कुरा नेता जोशीले नेपाली काँग्रेस स्वतन्त्र जोशी समुहले भानु नगरपालिका–१० मानेचौकामा गरिएको सभालाई सम्बोधन गर्दै बताउनु भएको हो ।
 काँग्रेसबाट फाइदा लिन सक्रिए हुने तर जनताको भावाना अनुसार, आवश्यकता पुरा गर्न नसकेकाले राजनीतिमा सक्रिय हुनु परेको उहाँको भनाई थियो । तनहुँमा धेरै मान्छे सांसद र मन्त्री भए तर जनताको समस्या समाधान गरेनन् , तनहुँको राजनीतिक हैसियत पनि गुमेकाले राजनीतिमा सक्रिय हुनु परेको नेता जोशीले बताउनुभयो ।  तनहुँको राजनीतिक हैसियत कायम भई जनताले विकास तथा रोजगारी पाएको भए आफु राजनीतिमा सक्रिय नहुने बताउनुभयो । कार्यक्रममा विपी विचार राष्ट्रिय समाज समाजका केन्द्रीय सदस्य सुुकुमलाल गुरुङले तनहुँको शैक्षिक, सडक, विद्युुत, अस्पताल तथा रोजगारी दिई विकासको जग बसाल्ने  नेता गोविन्दराज जोशी नै भएकोले उहाँ उम्मेदवार बन्नु जरुरी रहेको बताउनुभयो । कार्यक्रममा विपी विचार समाज तनहुँका सभापति हरिशरण पण्डितले वर्तमान नेपाली काँग्रेस रस नभएको कागती भएको बताउनुभयो । विपी कोईरालाको आर्दश र सिद्धान्त काँग्रेसले छाडेकाले रस नभएको कागती जस्तै भएको आरोप पण्डितको थियो । कागतीको रस विपी विचार समाजमा सरेको उहाँको भनाई थियो । आफ्नो सिद्धान्त विर्सिएर अन्यपार्टीको सिद्धान्त काँग्रेसले बोकेकोले काँग्रेस कमजोर भएको पण्डितको भनाई थियो ।
कार्यक्रम काँग्रेस जिल्ला  नेता तथा हालका स्वतन्त्र अभियान्ता केशरबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा नेता दीपकराज जोशी, भानु नगरपालिका वडा नम्बर १० का सभापति बिमलराज जोशी, विपी विचार समाज व्यास नगर सभापति हिमनिधी पाण्डे, सचिव मुक्तराज जोशी, स्वतन्त्रत अभियन्ता रामबहादुर ढुंगाना लगायतले आगामी संघीय चुनावमा नेता जोशीलाई विजयी गराउन प्रचारमा जुट्न आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो ।
Show More

Related Articles

Back to top button