समाचारAll

एनप्याब्सनको १०औं खेलकुद महोत्सवमा २२ वटा इभेन्ट्समा ४५० विद्यार्थीहरु प्रतिस्पर्धामा

दमौली खबर संवाददाता

दमौली, माघ १४

नेशनल प्याब्सन तनहुँद्वारा सदमुकाम दमौलीमा सञ्चालन गरेको १०औं खेलकुद महोत्सवमा २२ वटा इभेट्समा ४ सय ५० जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका छन् ।

२७ वटा विद्यालयका ति विद्यार्थीहरुले प्रतिस्पर्धा गरेको खेलकुद संयोजक विश्वास केसीले जानकारी दिनुभयो । भलिबल, एथ्लेटिक्स, सर्टफुट जस्ता इभेन्ट्समा विद्यार्थीहरुलाई प्रतिस्पर्धा गराइएको नेशनल प्याब्सन तनहुँले जनाएको छ । प्रतियोगिताको पूर्व मन्त्री शंकर भण्डारीले उद्घाटन गर्नु भएको थियो । प्रतियोगिताको उद्घाटन पूर्व निकालिएको झाकी, अनुशासित टिमलाई पुरस्कृत समेत गरिएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने एन प्याब्सन तनहुँका अध्यक्ष रामकृष्ण वि.क.ले जानकारी दिनुभयो ।

प्रतियोगिताको समापन नेशनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष तिलकबहादुर चौहानले आइतबार गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

Show More

Related Articles

Back to top button