सस्कृति संरक्षण गरौ
दमौली खबर संवाददाता
नेपाल थरीथरी जातजाति, भाषाभाषी र सस्कृति भएको देश हो । नेपाल भौगोलिक रुपमा सानो भएपनि सास्कुतिक रुपमा भने विशाल छ । यहाँ वषौं देखि विभिन्न जातिजाति मिलेर बस्दै आएका छन् । एक जातिको सस्कृति, पर्व अर्को जातिले मनाउने गर्दछन् । यसले गर्दा एक जातिको प्रचलनमा रहेको संस्कृति प्रति अन्य समुदायको आकर्षण बढ्न थालेको छ । यसको उदाहरण स्वरुपमा नेवार जातिको प्रचलनमा रहेको धिमे बाजा, लाखे तथा टाकटुके नाच दमौलीमा रहेका मगर र गुरुङ जातिका युवा आकर्षित भई सिकिरहेका छन् । यस्तो ह्ुनु राम्रो कुरा हो ।
सदरमुकाम दमौली र आसपासमा रहेका मगर तथा गुरुङ जातिका युवाहरुले तालिम नै लिएर नेवारी रितिरिवाज तथा परम्परा सिक्नु खुसीको कुरा हो । नेपाल बहुसास्कृतिक मुलुक भएकाले सबै जातजातिहरुको रितिरिवाज, सस्कार र परम्पराको संरक्षण गर्नुपर्छ भन्ने उद्धेश्यले युवाहरुको नेवारी सस्कृति प्रतिको मोह जागेको उनिहरुले बताएका छन् । आफ्नो मात्रै नभई सबै जातिको सस्कृतिको संरक्षण गर्नु दायित्व सम्झिएर सिकेका हुन् । नेवारी सस्कृति जस्तै अन्य जातिको सस्कृतिको पनि ज्ञान लिएर एक अर्कामा आत्मियता कायम गर्नुपर्दछ । देश भनेको भुगोल मात्रै हैन । देश चिनाउने मध्येमा प्रमुख अन्तर्गत सस्कृति पनि पर्छ सस्कृति भित्राउनको लागि नै अमेरिकाले डिभी चिट्टाको व्यवस्था गरेको छ । विश्वका सबै देशको सस्कृति भित्राएर सस्कृतिको धनी देश बन्न चाहिरेको छ अमेरिका । अतः देशभक्ती भावाना लिएर एकले अर्को समुदायको भाषा, संस्कृति तथा भेषभुषाको संरक्षणमा ध्यान दिनु पर्दछ ।