आईतबार तनहुँमा घटेको घटना सनसनीपूर्ण रह्यो । म्याग्दे गाउँपालिका ४ मनहरि स्थित खानेपानीको ट्यांकीमा आइतबार महिलाको लाश सडेगलेको अवस्थामा शव भेटिएको घटना अचम्मको किसिमको थियो । घटना रहस्यमयी छ । यदी कसैले हत्या गरेर पानीको ट्यांकीमा फालिएको हो भने जघन्य अपराध हो । कसैको जीवन नै जानु दुःखत हो नै त्यसपछि सयौं उपभोक्ताले उपभोग गर्ने खानेपानीको ट्यांकीमा फालिनु झन् बढी नराम्रो कुरा हो । आत्महत्या गरेको भएपनि मर्ने त म¥यो नै सयौं मान्छेलाई प्रभावित पार्नु दुःखत हो । एक सय ३८ घरधुरीले प्रयोग गर्ने पिपलटार खानेपानी उपभोक्ता समूहको खानेपानी ट्याकीभित्र सडेगलेको अवस्थामा कसरी रह्यो त्यसको गंभिर भएर अनुसन्धान गरिनु पर्दछ । घटनास्थल जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्री नै पुग्नु भएकाले प्राथमिकता दिएको देखिन्छ । पोखरा निवासी महिला शव फरक ठाउँमा फेला पार्नुले घटना रहस्यमयी देखिन्छ । मानिसको शव ट्यांकी भेटिएकाले उपभोक्ताले सफा गरेर, निर्मलीकरण गरेर वितरण गरेपनि खाने अवस्था छैन । उपभोक्ताको मनोविज्ञानमा आत्मसाथ गर्दै पानीको बैकल्पिक प्रयोगको लागि सबैले ध्यान दिनु पर्दछ । प्रतिनिधी सभा सदस्य शंकर भण्डारीले आफ्नो क्षेत्रका जनतालाई परेको मर्काको बारेमा ध्यान दिँदै पाईपको लागि पहल गर्नु राम्रो कुरा हो । जनतालाई छिटो भन्दा काकाकुल जीवनबाट मुक्त बनाउन सबैले ध्यान दिनु पर्दछ ।
Related Articles
आज देखि दोस्रो पाटन महोत्सव सुरु हुने गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री आलेले उद्घाटन गर्ने
October 11, 2023
दोस्रो पाटन महोत्सव सफल पारौं
September 25, 2023
भानु हत्या घटनाः अरुलाई जोगाउने गुरुङले आफैलाई जोगाउन सकेनन्
January 17, 2023
Check Also
Close

