हेडलाईनसमाचार

समाजसेवी पन्थ र सेढाईद्धारा सहरी स्वास्थ्य केन्द्रको लागि ४८ लाखको जग्गा दान

दमौली खबर संवाददाता
छाब्दी, १२ साउन । धनभन्दा मन ठुलो भन्ने भनाईलाई चरितार्थ गर्दै तनहुँका दुई समाजसेवीले गाउँमा स्वास्थ्य केन्द्र स्थापना गर्न लाखौं मूल्यको जग्गा दान दिनु भएको छ । व्यास नगरपालिका वडा नं. १३  छाब्दी निवास निवासी टेकबहादुर पन्थ र रामकृष्ण सेढाईले ४८ लाख पर्ने आठ÷आठ आना जग्गा छाव्दी शहरी स्वास्थ्य केन्द्रलाई दान दिनु भएको हो ।
व्यास नगरपालिका वडा नं. १२, १३ र १४ का बासिन्दाहरु बिरामी पर्दा सदरमुकाम दमौली नै धाउनुपर्ने देखेपछि उनिहरुले उक्त जग्गा स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेका हुन् । छाब्दी आसपासमा नै स्वास्थ्य केन्द्र स्थापना भइदिए सजिलो हुने बिचारले मैले ८ आना जग्गा स्वास्थ्य केन्द्रलाई दिएको हुँ टेक बहादुर पन्थले बताउनुभयो । हामीले दिएको ८ आना जग्गाले यस भेगका जनताको भलो हुने देखेर नै आफुँले पनि ८ आना जग्गा दिएको जग्गादाता रामकृष्ण सेढाईले बताउनुभयो ।  आमजनताले सेवा  र सुविधा पाउने सोचाइले यो काम गरे उहाँले थप्नु भयो । त्यसैको परिणाम स्वरुप अहिले उक्त स्थानमा व्यास नगरपालिका नगरपलिकाको कार्यालय छाब्दी शहरी स्वास्थ्य केन्द्र तनहुँ अन्तर्गत ४ कोठे सुविधा सम्पन्न भवन बनेको छ । अहिले उक्त क्षेत्र आसपासका सयौँ व्यक्तिहरुलाई सामान्य विरामी परेको अवस्थामा उक्त केन्द्रले सेवा दिने गरेको छ
पोखरा महानगरपालिकाद्धारा अपाङ्गता भएका व्यक्तिहरुका लागि छुट्टै गाडी प्रदान
पोखरा, १२ साउन ।
पोखरा महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको आवागमन तथा यातायातमा पहँुच वृद्धि गर्ने उद्देश्यले स्वाबलम्बन जीवनपद्धति केन्द्र (पोखरा) लाई गाडी हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङ्ले एक कार्यक्रमका बिच केन्द्रका अध्यक्ष हेम गुरुङलाई सो गाडी हस्तान्तरण गर्नुभएको हो ।
सो क्रममा प्रमुख आचार्यले विभिन्न कारणले शारीरिक, मानसिक तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको जिवन सरल बनाउने कार्यमा यसले सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । स्थानिय सरकार हरेक नागरिकहरुको साथमा रहेको उल्लेख गर्दै प्रमुख आचार्यले गाडिको सदुपयोगतामा जोड दिनुभयो ।
स्वाबलम्बन जीवनपद्धति केन्द्र (पोखरा) का अध्यक्ष हेम गुरुङले अति र पुर्ण अपाङ्गता भएका व्यक्तिहरुका लागि सार्वजनिक यातायात पहुँचयुक्त नभएका बेला पोखरा महानगरपालिकाले उपलब्ध गराएको उक्त गाडिलाई पुर्ण सहदुपयोग गर्ने बताउनुभयो । उहाँका अनुसार गाडिको पछाडी पट्टी लिफ्ट समेत जडान गरि अति र पुर्ण अपाङ्गता भएका व्यक्तिको पहुँच विस्तार गरिने छ । महानगरपालिकाले १८ सिट क्षमताको एउटा विङ्गर गाडी हस्तान्तरण गरेको हो ।
Show More

Related Articles

Back to top button