समाचारस्वास्थ्य

तनहुँमा १३७ वटा मुद्दा अख्तियारमा दर्ता

दमौली खबर संवाददाता
दमौली साउन १२ गते ।  तनहुँमा १३७ वटा मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको छ । गत आर्थिक वर्षमा सो सङ्ख्यामा मुद्धा दता भएको हो आयोगको क्षेत्रीय पोखराका कार्यालयमा कास्की पछि सवैभन्दा बढी भ्रष्टचारको मुद्दा दर्ता भएको जिल्ला तनहुँ हो । आयोगका सुचना अधिकारी राजु कुँवरले तनहुँका स्थानीय तहमा भएको अनियमितताको मुद्धामात्र ८२ वटा रहेको जानकारी दिनुभयो ।
सुचना अधिकारी कुवँरले जिल्लाका जम्मा १३७ मुद्धा मध्ये ८२ वटा स्थानीय तहको मात्र हुनु अस्वभाविक रहेको बताउनुभयो । उहाँका अनुसार पालिकाहरुले विकास निर्माण गर्दा प्राविधिकसँग मिलेर रकम हिनामिना गर्ने, सार्वजनिक खरिदका क्रममा अनियमिता गर्ने, प्रक्रिया मिचेर कर्मचारी सरुवा तथा बढुवा गर्ने लगायतका विषयमा बढी मुद्दा पर्ने गरेका छन् । यस्तै सार्वजनिक जग्गा अतिक्रमण गर्ने, सरकारी बजेटमा संरचना निर्माण गर्दा आर्थिक अपचलन गर्ने र योग्यता नभएकालाई नियुक्क्ती दिने जस्ता क्रियाकलाप स्थानीय सरकारले गरिहेको छ ।
आयोगले स्थानीय तहमा संघीय मामिला मन्त्रालयसँग सम्वन्धि ५५ उजुरी मध्ये ३२ उजुरी फछ्यौट गरि २३ वटा बाँकी रहेको जनाएको छ । यस्तै स्थानीय तहमा नै शिक्षा मन्त्रालयसँग सम्वन्धित २७ मद्धा परेकोमा १७ वटा मुद्दा फछ्यौट गरेर १० वटा बाँकी रहेको छ ।
आयोगमा बन तथा वातावरण मन्त्रालयको ९, खानेपानी सम्वन्धी ५, प्रदेश तर्फ भौतिक पूर्वाधार तथा यातायातको ३, भूमि ब्यवस्था तथा गरिवी निवारणको ८, सामाजिक विकासको ४, शिक्षा विज्ञान तथा प्रविधीको ८, भौतिक पूर्वधार तथा यातायातको ३, स्वास्थ्यको १ र अन्यको १४ गरी १३७ उजुरी अख्तियारमा छ । आयोग पोखराका अनुसार गत आर्थिक बर्षमा ७९ मुद्धा फछ्यौट गरि चालु आर्थिक बर्षमा ५८ मुद्धा फछ्यौट गरिने छ ।
आयोगमा कास्कीको ४५७, पर्वतको ११५,स्याङ्जाको १०७, बाग्लुङको ८९, गोरखाको ७९, म्याग्दीको ६५, लमजुङको ४६ र मुस्ताङको १० मुद्दा परेका थिए । कुल एक हजार ११८ मुद्दामध्ये ७०८ फछ्यौट भएको छ भने ४१२ वटा मुद्दा चालु आर्थिक बर्षका लागि बाँकी रहेको आयोगले जनाएको छ ।
तनहुँ प्रहरीद्धारा लागु औषध सहित ती जना पक्राउ
दमौली खबर संवाददाता
दमौली, १२ साउन  । तनहुँ प्रहरीले प्रतिबन्धित लागु औषध सहित तीन जना लाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भानुको टोलीद्धारा बन्दीपुर गाउँपालिका–१ डुम्रे बजार स्थित चन्द्रावती होटल एण्ड लजमा चेकजाँच गर्दा पक्राउ गरिएको हो ।
 लमजुङको सुन्दर बजार नगरपालिका–२ परेवाडाँडा निवासी सागर क्षत्री, मस्र्याङ्दी गाउँपालिका–९ दीपेन्द्र भण्डारी र लमजुङकै वेशीसहर नगरपालिका–२ का बिनोद शाहीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।  पक्राउ परेका तीनै जनालाई लागु औषध ऐन अनुसार बिहीबार तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको उहाँले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक रमेश विष्टको कामाण्डमा खटिएको टोली होटलबाट नियन्त्रण लिएको प्रनाउ खड्काले बताउनुभयो । पक्राउ परेकोको साथबाट नोफिन लेखिएको ७० एम्प्पुल, फेरागन ७० एम्प्पुद डाईजिपिएम ७० एम्प्युल दुई सय १० एम्प्पुल लागु औषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
Show More

Related Articles

Back to top button