समाचारAll

बन्दीपुरमा प्रथम अध्यक्ष कप हुने

दमौली खबर संवाददाता

तनहुँ, फागुन ७

तनहुँको बन्दीपुर गाउँपालिकाले गाउँपालिकामा पालिकास्तरीय प्रथम अध्यक्ष कप फुटवल तथा भलिवल प्रतियोगिता गर्ने भएको छ ।

यहि फागुन १२ गतेबाट वडा नम्बर ४ भुमर्से स्थित खेलमैदानमा प्रतियोगिता सञ्चालन गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

स्थानीय खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगिता गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताउनुभयो । प्रतियोगितमा दुबै खेल तर्फ प्रथम हुनेलाई ३० हजार रुपैयाँ द्वितीयलाई २० हजार रुपियाँ र तृतीयलाई १० हजार रुपिया सहित ट्रफी मेडल र प्रमाणपत्र र सान्तवना पुरस्कार ५ हजार रुपियाँ प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुनका लागि पालिकाले सबै वडामा पत्राचार गरिसकेको छ । सम्बन्धित वडाले फागुन १० गते भित्र समूह प्रमाणित गरी गाउँपालिकाको शिक्षा शाखामा बुझाउनु पर्नेछ । हरेक वडाबाट दुबै खेलमा ३÷३ वटा टिम सहभागी हुन पाउने व्यवस्था गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं. १ अध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Show More

Related Articles

Back to top button