समाचार

संक्रमितको संख्या हजार नाघ्न लाग्यो

जिल्लामा कोरोना संक्रमितको संख्या ९ सय ९५ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहँुले दिएको तथ्याङक अनुसार सोमबार १३ जना संक्रमित थपिए सँगै नौ सय ९५ पुगेको हो । जसमध्ये ६ सय ८३ जना संक्रमित निको भई घर फर्किएका छन् भने दुई सय सय ९६ संक्रमित संक्रिय रहेका छन् । जिल्लामा सबैभन्दा धेरै संक्रमित व्यास नगरपालिकामा रहेको छ । दुई हजार चार सय ७६ जनाको स्वांब संकलन गरिएको व्यासमा तीन सय २६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा दुई सय १६ जना उपचार पश्चात निको भई घर फर्किएका छन् भने एक सय ४ जना उपचाररत छन् । त्यस्तै संक्रमितको संख्यामा शुक्लागण्डकी दोस्रोमा रहेको छ ।

एक हजार चार सय ८८ जनाको स्वांब संकलन गरिएकोमा एक सय ५८ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ५८ जना उपचारत छन् भने ९८ जना उपचार पश्चात निको भई घर फर्किएका छन् । संक्रमितको संख्यामा तेस्रो रहेको भानु नगरपालिकामा एक हजार दुई सय ४७ जनाको स्वांब संकलन गरिएकोमा एक सय ११ जनामा संक्रमण पुष्टि भएको छ । २८ जना सक्रिय केस रहेको भानुमा उपचार पश्चात ८३ जना निको भई घर फर्किएका छन् । त्यस्तै जिल्लामा संक्रमणबाट ज्यान जानेको संख्या १४ रहेको छ ।

Show More

Related Articles

Back to top button