हेडलाईनसमाचार

श्रेष्ठको उदाहरणीय काम

जन्मदिनको फजुल खर्चलाई कटाएर व्यास नगरपालिका वडा नम्बर २ दमौली निवासी समाजसेवी कुमारमोहन श्रेष्ठले आफ्नो ६८ औँ जन्मदिनको अवसरमा सामाजिक काम गर्नु भएको  छ ।  व्यास ५ चापाघाटमा रहेको बेदव्यास ज्येष्ठ नागरिक वृद्धआश्रममा रहेका बृद्धवृद्धासँगै जन्मदिन मनाएर राम्रो काम गर्नु भएको छ । तनहुँ उद्योग वाणिज्य संघका पूर्व महासचिव, सफासडक टोल विकास संस्थाका अध्यक्ष लगायत विभिन्न संघ संस्थामा आवद्ध श्रेष्ठले आश्रममा रहेका वृद्धवृद्धाहरुलाई पछ्यौरा ओढाई नगद १५ हजार सहयोग गरेर नौलो काम गर्नु भएको छ । समाजसेवी श्रेष्ठले जस्तै अरुले पनि सिको गरेर सामाजिक काम गर्नुपर्छ । यस्ता कार्यले सामाजिक दायित्व बढाउन मद्धत गर्छ नै जेष्ठ नागरिकलाई सम्मान गर्नु पर्छ भन्ने सन्देश पनि प्रवाह गर्न टेवा पुग्छ । होटल रेष्टुराँमा जन्मदिन मनाउन लाखौं खर्च गरेका हुन्छन् ।
     त्यस खर्चलाई नराम्रो भन्न त मिल्दैन तर त्यसले समाज चेतना जगाउँदैन । जन्मदिनमा होटलमा मनाउँदा व्यवसायीलाई लाभ पुग्ने र रोजगारीमा पनि टेवा पुग्छ तर अझै सामाजिक काम गर्दा यसले सामाजिक दायित्व बढाउँछन् । अत्यधिक मादक पद्धार्थ सेवन गरेर झगडा पनि गर्ने अवस्था आउन सक्छ त्यस्तो भने हुनु हुँदैन । जन्मदिनमा लोप हुन लागेका स्थानीय गाईलाई आहारा खुवाउने, विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्ने गर्दा समाजलाई प्रत्यक्ष फाइदा पुग्छ । समाजसेवी श्रेष्ठ आश्रममा सहयोग गरी आमाबुबाहरुसँग जन्मदिन मनाउने काम प्रशंसनीय छ । अरुपनि जन्म दिनमा यस्तै कार्य गर्नु पर्दछ ।
Show More

Related Articles

Back to top button