समाचारकोरोनाभाइरसस्वास्थ्य

दुईमा थपिए ५२ संक्रमित

दमौली खबर संवाददाता
साउन ३१, दमौली । दुई दिनमा तनहुँमा ५२ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । शुक्रबार १७ र शनिबार ३५ गरि दुई दिनमा ५२ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार शुक्रबार जिल्लाका ९ महिला र ८ पुरुषमा संक्रमण पुष्टि भएको थियो । त्यस्तै शनिबार १४ महिला र ३१ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

संक्रमणबाट शुक्रबार तनहुँका दुई संक्रमितको ज्यान गएको छ । व्यास ४ का ८८ वर्षीय संक्रमित पुरुषको र सोही वडाको ४० वर्षीया संक्रमित महिलाको ज्यान गएको हो । गत २० गते संक्रमण पुष्टि भएको ती पुरुषको होमआईशोलनमा निधन भएको हो । गत २४ गते संक्रमण पुष्टि भएको ती महिलाको उपचारको क्रममा दमौली अस्पतालमा निधन भएको बताईएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या एक सय १८ पुगेको छ ।

Show More

Related Articles

Back to top button