हेडलाईनव्यासAllनगरपालिका

व्यास नगरपालिकै सबैभन्दा उत्कृष्ट ग्रिनसिटी टोलमा टिकटक बनाउने भिड

दमौली खबर संवाददाता
दमौली, कात्तिक ६  ।
 व्यास नगरपालिकाको सबै भन्दा उत्कृष्ट व्यास नगपालिका–२ डाङ्ग्रेखोल्सी स्थित ग्रिनसिटी टोलमा टिकटक बनाउनेको भिड लाग्न थालेको छ ।
तिहारको उपलक्ष्यमा ग्रिनसिटी टोल आर्कषण बत्तिले झिलीमिली पारिएको छ टिकटक बनाउनेको भिड लागेको हो  । टोल विकास संस्था र व्यवसायीहरुको २ लाख ५० हजार लगानीमा टोललाई झिलीमिलीको माध्यमबाट आकषर्ण पारिएको टोलका अध्यक्ष तथा व्यास नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष सुरेश वाग्लेले बताउनुभयो  । दिपावलीको रौनकलाई थप उत्साहजनक बनाउन टोल वरिपरी नै झिलीमिली बनाइएको हो उनले भने । व्यास नगरपालिकाभित्रका २ सय ४२ वटा टोल विकास संस्था मध्ये नमुना टोलको रुपमा पुरस्कृत भइसकेको ग्रिनसिटी टोलमा यतिबेला रंगिविरंगी लाइटले झिलीमिली बनाइएको हो । टोल बासीको चाहना बमोजिम दमौली बजार मध्येको यस टोललाई थप सुन्दर र रमणीय बनाउन तथा व्यापार व्यवसाय समेत बृद्धि गर्न घरहरुमा झिलीमिली पार्ने काम भएको हो । टिकटक बनाउन आउने, झिलिमिली हेर्न आउनेको भिड बढेसँगै सो क्षेत्रमा व्यापार पनि फष्टाउँदै गएको छ ।
Show More

Related Articles

Back to top button