हेडलाईनसमाचार

पौडेलको निधन प्रति पूर्वमन्त्री जोशीद्धारा दुःख व्यक्त

दमौली खबर संवाददाता
दमौली, भदौ ७ । भानु नगरपालिका–११ मानेचौका स्थित त्रिभुवन माध्यमिक विद्यालय पूर्वसहायक प्रधानाध्यापक रामचन्द्र पौडेलको ८५ वर्षको उमेरमा निधन भएको छ । पौडेलको शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौंमा उपचारका निधन भएको हो ।
पौडेल निधन प्रति नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीले दुःख व्यक्त गर्नु भएको छ । जोशीले शोक विज्ञप्ती मार्फत दुःख व्यक्त गर्नु भएको हो । परम मित्र एवं सहकर्मीको आज राती निधन भएको समाचार सुन्दा म अत्यन्तै दुखित भएको उल्लेख गर्दै आर्यघाटमा गएर उहाँ प्रती श्रद्धान्जली अर्पण गर्दा उहाँ संग मैले विताएका करीव ९ वर्षको स्मरणहरु मेरा आँखा अगाडि आइरहेको जोशीले उल्लेख गर्नु भएको छ ।
  जीवनको धेरै लामो समय उहाँले तनहुंका विभिन्न विद्यालयमा अध्यपन कार्यमा संलग्न भई विताउनु भएको, तनहुँको शिक्षा विकासमा उहाँको अमुल्य योगदान रहेको जोशीले उल्लेख गर्नु भएको छ । मानेचौकाको त्रिभुवन माध्यमिक विद्यालयमा उहाँले आफ्नो संंपुर्ण जीवननै व्यतित गर्नु भएको स्मरण गर्दै नेता जोशीले यस दुखद घडिमा म उहा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु भएको शोक सन्तप्त  परीवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु र दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दछु भनि जोशीले भन्नु भएको छ ।
यसैगरी मंगलबार नै विपी विचार समाज तनहुँले पनि विज्ञेप्ती जारी गर्दै शिक्षाप्रेमी   निधनले दुःख लागेको उल्लेख गरिएको छ । समाजका सभापति  हरिशरण पण्डितद्धारा जारी विज्ञेप्तीमा असामायिक निधन भएको खबरले समाज अत्यन्त दुःखीत भएको जनाएको छ ।
Show More

Related Articles

Back to top button