समाचार

गण्डकीमा विहीबार ः ७४ जना संक्रमित हुदाँ १ सय ४६ निको

विहीबार गण्डकी प्रदेशको ७ जिल्लामा ७४ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६ सय २४ जनाको पिसीआर परिक्षण गरिएकोमा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । परिक्षण गरिएको मध्ये ५ सय ५० जनाको रिपोर्ट नेगेटिभ आएको छ । विहीबार सबैभन्दा धेरै कास्कीमा ४३ जना संक्रमित थपिए । तनहुँमा १३ जना, नवलपुर र गोरखामा ६÷६ जना, बाग्लुङमा ४ जना, स्याङजा र पर्वतमा १÷१ जना संक्रमित थपिएको निर्देशनालयले जानकारी दिएको छ । लमजुङ, म्याग्दी, मुस्ताङ र मनाङमा भने संक्रमित थपिएनन् । विहीबारसम्म कुल संक्रमितको संख्या ११ हजार ५ सय ५३ पुगेको छ ।

विहीबार थपिएका संक्रमितभन्दा झण्डै दुई गुणा बढी संक्रमित निको भएको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाउँछ । १ सय ४६ जना निको भएका छन् । हालसम्म ६ हजार ७ सय ४० जना कोरोना संक्रमणमुक्त भएका छन् । विहीबार गण्डकीका २ जना संक्रमितले ज्यान गुमाए । योसंगै कोरोनाका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ सय ४४ पुगेको छ ।

Show More

Related Articles

Back to top button