हेडलाईनसमाचार

वरिष्ठ नेता पौडेलको नाम तनहुँ क्षेत्र नं. १ बाट सर्व सम्मत चयन हुन सकेन

अमरराज नहर्की÷तनहुँ समाचारदाता
तनहुँ, भदौ १९ गते । आफूलाई भावी प्रधानमन्त्रीको दाबी गरिरहनु भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो गृह जिल्लाबाट सर्वसम्मत उम्मेवार सिफारिसमा हुन सकेन । तनहुँ क्षेत्र नम्बर १ बाट अन्तिमपटक चुनाव लड्ने तयारीमा रहेका पौडेलको नाममा सर्वसम्मत हुन नसकेपछि केन्द्रीय सदस्यद्वय शंकर भण्डारी र गोविन्द भट्टराईको समेत नाम पठाइएको छ ।
निर्वाचन क्षेत्रीय, प्रदेश समितिबाट सिफारिस भई आएका नामहरुमा जिल्ला सभापति जीत प्रकाश आलेको अध्यक्षमा बसेको पूर्ण बैठकले छलफल र परामर्श गरी गण्डकी प्रदेश समितिमा सफारिस गरिएको नेपाली काँग्रेस तनहुँका प्रवक्ता हरि वाग्लेले जानकारी दिनुभयो । वाग्लेका अनुसार पौडेलसँगै प्रत्यक्ष तर्फ  केन्द्रीय सदस्यद्धय शङकर भण्डारी र गोविन्द भट्टराईलाई सिफारिस गरेको छ । क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फ केन्द्रीय सदस्यद्धय धु्रव वाग्ले, प्रदीप पौडेल, जिल्ला सभापति जीतप्रकाश आलेलाई सिफारिस गरिएको छ ।
 प्रतिनिधी सभामा क्षेत्र नम्बर १ मा समानुपातिकतर्फ रामचन्द्र पोखरेल, मिरा जोशी र यमुना खड्का विकलाई सिफारिस गरिएको छ । क्षेत्र नम्बर २ बाट सन्तोष घिमिरे र चन्द्रकला भट्टराईलाई समानुपातिकमा  सिफारिस गरिएको छ ।
काँग्रेसले प्रदेश तर्फको पनि प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फको नाम सिफारिस गरेको छ ।  जसअनुसार प्रदेश सभा सदस्यको लागि प्रत्यक्षतर्फ  क्षेत्र नम्बर १ प्रदेश (क) तर्फ रघुनाथ पौडेल, अशोककुमार श्रेष्ठ, दीपक भट्टराई शेष मोहम्मद हनिफ (गोरा मियाँ), सरिता गुरुङ, लक्ष्मीप्रसाद आचार्य, हरिदत्त पौडेल, डोवाटे विक, पूर्णबहादुर गुरुङ, सहदेव अधिकारी र शङ्कर पौडेलको नाम सिफारिस गरिएको छ ।
 प्रदेश (ख) तर्फ रामचन्द्र अधिकारी, डम्बरबहादुर अधिकारी र अर्जुन अधिकारीको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर २ को  प्रदेश (क) प्रत्यक्षमा प्रा. डा. कृष्णप्रसाद गौतम, किसान गुरुङ, श्रीराम सुवेदी, हरिप्रसाद वाग्ले, चामबहादुर थापा, माधव भट्टराई, डा. शेषरमण न्यौपाने र यामबहादुर खाँण ठकुरी सिफारिस हुनु भएको छ । प्रदेश (ख) तर्फ, चुडामणि खनाल, मिलन आले मोहन गिरी, दुर्गबहादुर राना, इन्द्रबहादुर आले र जीवन चन्द ठकुरी सिफारिस हुनु भएको काँग्रेस तनहुँले जनाएको छ ।
Show More

Related Articles

Back to top button