हेडलाईनसमाचार

तनहुँ पावर लिफ्टिङकी महिला लक्ष्मी राना मगरद्वारा स्वर्णपदक प्राप्त

दमौली खबर संवाददाता
दमौली, भदौ २८ । तनहुँकी चेलीले कास्की पावर लिफ्टिङ संघद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय हिमालयन यति २०७९ मा स्वर्ण पदक जिप्नु भएको छ । तनहुँ पावर लिफ्टिङ संघबाट सहभागी लक्ष्मी राना मगरले जिप्नु भएको हो ।
  ५० केजी समूहमा राना मगरले स्वर्णपदक हात पारेकी हुन । महिला ५३ केजी तौल समूहमा कृष्ण बिजुक्छेले उत्कृष्ट प्रदर्शन गरेको लिफ्टिङ संघ तनहुँका सदस्य महेश कुमार श्रेष्ठले बताउनुभयो
  ५० केजीमा युनिक गुरुङ तृतीय, ५५ केजीमा अरविन थापा तृतीय, ८० केजीमा रन्जन अली सिंजाली द्वितीय भएको जानकारी उहाँले दिनुभयो ।
  नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तनहुँबाट सहभागी भएका ति खेलाडीहरु पुरस्कृत हुन सफल भएको हुन् ।
Show More

Related Articles

Back to top button