समाचारविचारUncategorized

शिक्षकमा पनि देखियो कोरोना

तनहँुमा बुधबार सात जना कोरोना संक्रमीत थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विज्ञप्ती अनुसार व्यास, भानु र भिमादमा दुई ÷दुई जना र देवघाटमा एक जना संक्रमीत थपिएका हुन् । व्यासमा थपिएका संक्रमीत वडा नं १२ का ५० वर्षीय पुरुष कृषि साम्रगी लि.का कर्मचारी रहेका छन् । त्यस्तै दमौली अस्पतालका अर्का एक चिकित्सकमा कोरोना संक्रमण देखिएको छ । यस अघि मेडिकल सुपरिटेण्डेण्ट संक्रमित भएर आईसोलेसनमा रहेकै बेला अस्पतालका अर्का २७ वर्षका चिकित्सकमा पनि संक्रमण भेटिएको हो । अस्पतालले चिकित्सकहरुको स्वाब संकलन गरेर पठाएकामा थप एकमा संक्रमण भेटिएको हो ।

यसअघि चालकमा पनि संक्रमण भेटिएको थियो । त्यस्तै भानुमा भने ५१ वर्षीय शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले भने उक्त शिक्षको ठेगना व्यासमा भनि उल्लेख गरेको थियो । विद्यालयमा पढाउने शिक्षकमा कोरोना देखिएपछि भानु नगरपालिकाले विद्यालयको पठनपाठन तत्कालको लागि बन्द गरेको छ । त्यस्तै भिमादमा ५२ वर्षीय दुई पुरुषमा कोरोना संक्रमत प्ुष्टि भएको छ । उनिहरु कन्ट्राक टेसिङमा परेका थिए । यता देवघाट गाँउपालिका वडा नं ५मा ४३ वर्षीय संक्रमीत थपिएका छन् ।

Show More

Related Articles

Back to top button