समाचारमनोरन्जनखेलकुद

राष्ट्रिय महिला भलिबल खेलाडी भण्डारीलाई गृह जिल्लामा सम्मान

सानै उमेर देखि खेलकुद क्षेत्रमा सक्रिय रहि राष्ट्रिय महिला भलिबल खेलाडी उषा भण्डारीलाई गृह जिल्लामा सम्मान गरिएको छ । जिल्लाको भिमाद नगरपालिका वडा नं १ की भण्डारीलाई जिल्ला भलिबल संघ तनहँुले सोमबार सम्मान गरेको हो । एक कार्यक्रम आयोजना गरि जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष ऋषिराम भुषाल, भलिबल संघका अध्यक्ष पदम सुनार,सचिव अशोक गिरीले संयुक्त रुपमा सम्मान गरेका हुन् ।


भुषालले आफनो गृह जिल्लालाई खेलकुदको माध्यमबाट पहिचान गराउने व्यक्तिको सम्मान गरेर हौसला बढाउन आवश्यक रहेको बताए । उनले भने,‘तनहँु जिल्लालाई खेलकुदको माध्यमबाट पहिचान गराउने खेलाडीलाई हौसला बढाउन आवश्यक छ ।’ खेलकुद विकास समितिको अध्यक्षमा रहदाँको कार्य स्मरण गर्दै भुषालले खेलकुद क्षेत्रमा उठाउन सबैले हातेमालो गर्न आवश्यक रहेको बताए । उनले भने,‘मेरो चार वर्षको कार्यकालमा सुतेको खेलकुदलाई उठाउने काम गरेको छु । यसलाई दौडाउन मैलेको सकेको छैन । सबैले हातेमालो गर्न आवश्यक छ ।’

राष्ट्रिय महिला भलिबलमा कान्छी खेलाडी भनि पहिचान पाएकी भण्डारीले खेलकुदको माध्यमबाट देशमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा तनहँुलाई चिनाउने बताईन् । सोही दिनमा पोखरामा हुन आयोजना हुन लागेको मुख्यमन्त्री भलिबल कपमा सहभागि हुने खेलाडीलाई बिदाई गरिएको छ । पुरुष र महिला तर्फ गरि २४ जना खेलाडी भलिबल कपमा सहभागि हुने भएका छन् । उनिहरुलाई आवश्यक गर्ने खेलकुद सामग्री सहित भलिबल संघले बिदाई गरेको सचिव गिरीले बताए ।

उनले भने,‘बजेट शुन्य रहेको अवस्थामा पनि अध्यक्ष र सचिवको सक्रियतामा खेलाडीलाई हौसला प्रदान गर्न आवश्यक खेलकुद सामग्री सहित बिदाई गरिएको छ । खेलकुदको लागि सम्बन्धी तहले चासो दिएको अवस्था छैन ।’

Show More

Related Articles

Back to top button