सम्पादकीयAll

रामज्योतिको राम्रो काम

निजी विद्यालयको ध्यान विशेष गरेर पैसा कमाउने तिर बढी हुन्छ । त्यसको लागि उनिहरुले शैक्षिक गतिविधीलाई मात्रै बढी केन्द्रीत गर्छन् । तनहुँको व्यास नगरपालिका ४ स्थित रामज्योति बोर्डिङ स्कुलले प्रथम रामज्योति कप फुटबल प्रतियोगिता गरेर खेललाई पनि प्राथमिकता दिएको छ । माघ २६, २७ र २८ गते इन्टर स्कुल फुटबल प्रतियोगिता गरेर नयाँ सन्देश दिएको छ । प्रतियोगिताले पहिचानलाई माथि लगेको छ भने बालबालिकालाई फुटबल खेल प्रति रुचि जगाएको छ । कक्षा ८ सम्मका विद्यार्थीहरुले भाग लिन पाउने उक्त प्रतियोगितामा प्रथम, द्वितीय हुने टिमलाई १५ हजार र ७ हजार नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र दिइने बताईएको छ । पुरस्कारको रकम थोरै नै भएपनि प्रतियोगिताको थालनी गरिनु ठुलो कुरा हो ।

२०६५ साल पछि जन्मिएका विद्यार्थीले मात्रै प्रतियोगितामा भाग लिन पाउने भएकोले बालबालिकालाई बढी प्रोत्साहन गरेको देखिन्छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट किप्परलाई आकर्षक पुरस्कार प्रदान गरिने बताईएको छ । यस निजि विद्यालयले आगामी दिनमा पनि यस्ता खालको प्रतियोगिता गर्नुपर्दछ भने खेलका अन्य विद्याहरुमा पनि प्रतियोगिता गरिनु उपयुक्त हुन्छ । रामज्योती जस्तै अन्य विद्यालयपनि यस्तै कदम चाल्नु जरुरी छ । विशेष गरेर खेलकुदको माध्यमबाट देखलाई चिनाउ सकिन्छ । जग बलियो भने घर बलियो हुन्छ अतः बालबालिका लक्षित प्रतियोगिता गर्न सकियो भने भविश्यमा अन्तराष्ट्रिय पदक जित्ने खेलाडी जन्माउन सकिन्छ ।

Show More

Related Articles

Back to top button