समाचारAll

जोशी समुहको आज एकै दिन दश ठाउँमा कोण सभा

दमौली खबर संवाददाता
दमौली । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्यका पदका स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीको समुहले आज एकै दिन दश स्थानमा कोण सभा गर्ने भएको छ । क्षेत्र नम्बर १ मा पर्ने व्यास  र भानुका वडाहरु समेटर कोण सभा गर्न लागेको हो ।
 विहान ८ बजे डुम्रे बजार, विहान ९ बजे तुरतुरे, बिहान १० बजे बाइसजागर, विहान १०ः३० बजे कालीमाटी, विहान ११ बजे कालिमाटी, बिहान ११ः३० बजे मानेचौका, दिउँसो १ बजे समिको फेद, २ः३० बजे बर्लाची, ३ बजे मगर जौबारी, ४ बजे पात्तल र ५ बजे कलेस्तीमा कार्यक्रम हुने जोशीको प्रचार प्रसार सचिवालय सचिव कमलभक्त पोख्रेलले जानकारी दिनुभयो । चुनावको मिति नजिकिएसँगै जोशी समुहले चुनावी प्रचारलाई तिब्रता दिईरहेको छ ।
Show More

Related Articles

Back to top button