समाचारAll

मुलाबरी भञ्ज्याङ कार्यकर्म

एक लाख युवालाई रोजगारी दिन शसस्त्र प्रहरीगण स्थापना गरेको हुँ–पूर्वमन्त्री जाशी

दमौली । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले आफू सत्तामा बसिरहेको भए तनहुँमा कोही पनि व्यक्ति बेरोजगारी बस्न नपर्ने बताउनु भएको छ । सो कुरा पूर्वमन्त्री जोशीले आज तनहुँको व्यास नगरपालिका–११ दरै पँधेरा र निर्बुमा गरिएको जनता भेटघाट कार्यक्रमको अवसरमा बताउनु भएको हो ।

एक लाख मानिसलाई रोजगारी दिने उद्धेश्यले गृहमन्त्री भएको समयमा शसस्त्र प्रहरी गणको स्थापना जोशीले स्मरण गर्नुभयो । ‘‘देशै भरीका गरी एक लाख युवालाई रोजगारी दिने उद्धेश्यले शसस्त्र प्रहरी गण स्थापना गरेको हुँ तनहुँका जनताले सहज रोजगारी पाउने वातावरण मैलै सिर्जना गरेको थिएँ’’ पूर्वमन्त्री जोशीले भन्नुभयो । शिक्षा, स्वास्थ्य स्वास्थ्यचौकी, खानेपानी जनताको आधारभूत आवश्यकता भएको र सो कुरा हाल पुरा नभएको देखेर दुःख लागेको उहाँले बताउनुभयो । शिक्षा मन्त्रालयमा हुँदा बहुविश्व विद्यालयको अवधारणा अनुरुप पोखरामा विश्वविद्यालय स्थापना गरेको नेता जोशीले बताउनुभयो । पोखरा विश्व विद्यालय स्थापना भएपछि देशभरी उच्च शिक्षा दिने कुरामा सहज भएको उहाँले जानकारी दिनुभयो । ‘‘मणिपाल शिक्षण अस्पताल आफूले स्विकृत दिएको र त्यसको शाखा तनहुँमा स्थापना गर्ने सम्झौता पत्रमा लेखिएको तर तनहुँमा शाखा स्थापना गर्न नेता रामचन्द्र पौडेलले मैले जस पाउँछु भनेर दिनु भएन’’ नेता जोशीले भन्नुभयो । तनहुँमा स्तरीय अस्पताल नहुँदा कोरोना महामारीको समयमा धेरैले ज्यान गुमाउनु पर्ने अवस्था आएको उहाँको भनाई थियो । ‘‘भारतको विहारमा दुई हजार मानिस बराबर एक डाक्टर छन् तर नेपालमा २२ हजार बराबर एक जना डाक्टर छन् उपचारमा पहुँच पुग्दैन भनेर मणिपाल शिक्षण अस्पताललाई स्विकृत मैले नै गरेको हुँ’’ पूर्वमन्त्री जोशीले भन्नुभयो । संविधान नयाँ आयो, सांसद नयाँ आए तर जनताले सुख पाएनन् त्यही भएर म चुनाव आएर तनहुँको जनताको घाउमा मलम लगाउन चाहेको नेता जोशीको भनाई थियो । ‘‘म १८ वर्षसम्म सत्तामा नहुँदा तनहुँ त झिल झिल भयो भन्ने ठानेँ तर जनताको आधारभूत कुरा समेत पुरा भएको पाइएन’’ नेता जोशीले भन्नुभयो । तनहुँ विकासमा धेरै पछि परेको , गाउँ पनि केही परिवर्तन नभएको जहाँ जान्छु असतुष्टि र सामान्य कुरा पनि नभएकाले पुरा गर्नुपर्छ भन्ने कर्तव्य ठानेर घरदैलोमा आएको उहाँको भनाई थियो । नेताले श्रीमतीलाई टिकट दिने, छोराछोरीलाई टिकट दिने, पिएलाई टिकट दिने, टिकट बिक्री गर्ने र त्यसपछि बाँकी रहेमात्रै कार्यकर्तालाई टिकट दिने गरेको पाईएको नेता जोशीको आरोप छ । र पार्टीको तर्फबाट र जनताको तर्फबाट गरी टिकट प्राप्त गर्न सकिने उल्लेख गर्दै नेता जोशीले सही मान्छेले टिकट नपाए विद्रोह गरी जनताको तर्फबाट टिकट लिनु आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा बिपी विचार समाजका सचिव हरिशरण पण्डितले बिपी कोईरालाको राष्ट्रियता, लोकतन्त्र र समाजवाद सिद्धान्त र आर्दशलाई वर्तमान काँग्रेसको नेतृत्वले भुलेर बामपन्थीकै मूल्य र मान्यता बोकेर हिंडेकाले बिपी विचार समाज गठन गर्नु परेको बताउनुभयो । पण्डितले लोकतन्त्रका जन चाहना महत्वपूर्ण रहने तर जनचाहना विपरित महिला, जनजाति, दलित उपेक्षा गरेर एकलौटी टिकट वितरण गरेकाले तनहुँमा सङ्घ तथा प्रदेशमा गरी ६ वटै सिटमा पराजित हुनु परेको बताउनुभयो । दरै पधेराँमा भएको कार्यक्रमको अध्यक्षता धनबहादुर दरैले गर्नु भएको थियो । भने निर्वुमा भएको कार्यक्रमको अध्यक्षता व्यास ११ वडाकार्य सदस्य उदय चन्द्र पौडेलले गर्नु भएको थियो । नेपाली काङ्ग्रेसका नेता खड्गबहादुर अधिकारी, विपी विचार समाजका सदस्यहरु शुकुमलाल गुरुङ, रामदेव पन्थ, इन्द्रबहादुर दरै, कृष्णप्रसाद सोती, समाजसेवी शेरबहादुर गुरुङ, क्षेत्रिय प्रतिनिधी कृष्णप्रसाद खनाल, पूर्व क्षेत्रीय प्रतिनिधि माधव खनाल लगायतले गुट, उपगुटमा नलागी काँग्रेस एकजुट भएर लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।

घरदैलोमा पुग्नु भएका पूर्वमन्त्री जोशी समक्ष जनता भन्छन्–

विकास गर्ने हजुर जस्तो राजनेतालाई पछाडि पारिनु दुर्भाग्य हो

दमौली खबर संवाददाता ।

दमौली, मंसिर १५ गते । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले दोस्रो चरणको जनता भेटघाट कार्यक्रम गरिरहनु भएको छ ।

पूर्व मन्त्री जोशीले मंसिर १२ देखि २५ गते सम्मको भेटघाट कार्यक्रम अन्तर्गत जनताको सुख र जनताको चाहनाको बारेमा जानकारी घरदैलोमा पुग्नु भएको हो । घरदैलोमा पुग्ने क्रममा व्यास नगरपालिकाको वडा नम्बर ११ को दरैपँधेरा र निर्बुमा घरदैलोमा बुधबार पुग्ने क्रममा पूर्वमन्त्री विकास प्रेमी राजनेतालाई पछाडि पारिनु दुभाग्य भएको धारणा राखेका छन् । नेता जोशीको नेपाली काँग्रेसमा आस्था राख्ने मात्रै नभई फरक आस्था राख्नेले समेत प्रशंसा गरेका थिए । अखिल नेपाल किसान संघका केन्द्रीय सदस्य झलक पौडेल प्यासीले विकास गर्ने राजनीति रुपमा पछाडी पारिएकाले तनहुँ विकासमा पछि परेको बताउनुभयो । सुकुम्बासी समस्या छ तर वर्षौ देखिको समस्या अझै समाधान नभएको पौडेलले बताउनुभयो । शिक्षा क्षेत्रमा पु¥याउनु भएको योगदान, सुरक्षाकर्मी धेरैलाई रोजगारी दिनु भएको पौडेलले स्मरण गर्नुभयो । ‘‘तनहुँ जिल्लाको लागि आवश्यकीय नेता हो तर विगत केही वर्ष देखि नेता जोशीलाई ओझेलमा पारिएको छ तर त्यसरी विकास गर्ने नेतालाई पछाडी पार्नु भनेको हाम्रो दुभाग्य हो’’ पौडेलले भन्नुभयो । काम गर्ने मान्छेलाई पछि पार्न नहुने सरकारले पनि ध्यान दिएर फैसला गर्नुपर्ने उहाँको भनाई थियो । जोशी बाहेक अन्य नेताले काम नगरेर आजित भएर विकासको लागि काँग्रेस परित्याग गर्नु पर्ने बाध्यता भएको पौडेलले बताउनुभयो । आगामी चुनावमा जोशी मैदानमा उत्रिए भोट माग्न हिड्ने पौडेलले सो अवसरमा प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो । ‘जुन नेताले विकास गर्छ त्यसकै पछि लाग्ने हो जोशीलाई विजय गराएर फूलमाला लगाउन आतुर छु म भोट हाल्छु र अरुलाई पनि भोट हाल्न लगाउँछु’’ पौडेलले भन्नुभयो । व्यास नगरपालिका–११ पोल्याङस्थित पोल्याङ निवासी पोल्याङ खानेपानी तथा सरसफाई समितिका पूर्व अध्यक्ष खडानन्द कैनीले नेता जोशीको कारण सो ठाउँका वासिन्दाले पानी खान पाएको उल्लेख गर्दै जोशी जस्तो विकास प्रेमी अरु नभएको बताउनुभयो । ‘‘उहाँ जस्तो नेता अरु देखेको छैन म बामपन्थी विचारधाराको व्यक्ति भएपनि काम गर्नु त जोशीको जस्तो पो बन्ने भए जोशी काँग्रेस बन भनेर मैलै भन्दै आएको छु’’ कैनीले भन्नुभयो । क्षेत्रिय उपसभापति बलबहादुर पोख्रेलले नेता जोशीले गरेको कामले अन्य नेताहरु ओझेलमा पर्ने अवस्था आएकोले फसाउने काम गरिएको बताउनुभयो । वडा नम्बर ११ का उपसभापति मनबल्भव खनालले अहिले युवाहरु अबरको खाडीमा रोजगारीको लागि जानु पर्ने बाध्यता भएकाले जोशी जस्तो विकास प्रेमी र युवाहरुलाई रोजगारी नेता देशको लागि आवश्यक भएको बताउनुभयो । निर्बुमा आयोजित कार्यक्रममा समाजसेवी खड्गबहादुर अधिकारीले गोविन्दराज जोशी शिक्षा मन्त्री हुँदा गाउँ गाउँमा रहेका अस्थायी विद्यालयलाई सरकारी स्थायी बनाएर जनताले चन्दा दिएर विद्यालय पाल्नु पर्ने र अध्ययन गर्न टाढा टाढा जानुपर्ने बाध्यताको अन्त्य गरेको उल्लेख गर्नुभयो । गृहमन्त्री भएको बेला देशभरी प्रहरीमा भर्ना गरिदिएर, शिक्षकहरुलाई स्थायी गरेर रोजगारी दिनुभएको सबैलाई थाहा भएको अधिकारीले बताउनुभयो ।

‘‘नेता जोशीले जस्तै काम गरेर सबैलाई रोजगारी दिने र विकासमा लाग्ने नेताको जरुरी छ’’ अधिकारीले भन्नुभयो । जनतासँग भेटघाट कार्यक्रम अन्तर्गत नेता जोशी मंसिर १६ गते व्यास नगरपालिका–९ गजौडेमा स्थानीयहरुसँग भेटघाट गर्नुहुने भएको छ भने भोली वन्दिपुर वजार, वाहुन भञ्ज्याङका जनतासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

Show More

Related Articles

Back to top button