समाचारव्यासगण्डकी प्रदेशपत्रपत्रिकाबाट

कुलोमा नवजात शिशु मृत फेला

दमौली खबर संवाददाता
तनहँुमा खेतको मङ्गलबार कुलोमा एक नवजात शिशु मृत फेला परेको छन् । व्यास नगरपालिका–९ कवादी खोला नजिक गैरीको कुलोमा फेला परेको प्रहरीले जनाएको छ । मृत भेटिएका शिशुको देब्रे पट्टीको खुट्टा र पेटका केही भाग बन्यजन्तुले खाएको अवस्थामा भेटिएको तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी
दिनुभयो । स्थानीयबासीले वेवारिसे अज्ञात शिशु मृत अवस्थामा देखेपछि तत्कालै प्रहरीमा खबर गरेका थिए । घट्नास्थल पुगेको प्रहरीले टोलीले स्थलगत सर्जमिन गरेर शिशुको शव दमौली अस्पतालमा राखिएको छ ।
वेवारिसे अवस्था शिशु छाडि हिड्ने महिलाको खोजी कार्यलाई तीब्रता दिइएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो । अवैधानिक तरिकाबाट शिशु जन्मिएकोले कुनै महिलाले फ्याँकेर हिडेको हुन सक्ने प्रहरीको अनुमान छ ।

Show More

Related Articles

Back to top button