Uncategorized

गैर–आवासीय नेपाली संघ अष्ट्रेलियाको सल्लाहकारमा तनहुँका जोशी

माघ २
दमौली खबर संवाददाता

गैर–आवासीय नेपाली संघ अष्ट्रेलियाको सल्लाहकारमा दिनेशराज जोशी मनोनीत भएका छन् । ओसेनिया क्षेत्रको संयोजकमा लोकप्रिय मत पाएका जोशीले सल्लाहकारको रुपमा मनोनय भएका हुन् । उनि एनआरएनए आइसिसी सदस्य समेत हुन् । साथै उनले केही महिना सेड्नीमा भएको एक कार्यक्रममा विश्व सम्मेलनमा ओसेनिया क्षेत्रीय संयोजकमा उम्मेदवारी दिने घोषणा समेत गरेका थिए । करिब डेढ दशकदेखि अस्ट्रेलियामा एनआरएनए तथा अन्य संस्थामार्फत सामाजिक कार्यमा सक्रिय जोशीले ओसेनिया क्षेत्रमा पर्ने अस्ट्रेलिया, न्युजिल्याण्ड, पपुवा न्युगिनी, फिजी लगायतका देशहरूमा बस्ने गैरआवासीय नेपालीहरूलाई एकतावद्ध गर्दै संस्थामा अपनत्व महसुस गराउनका साथै आफूले संस्थाभित्र रहेर सिकेको सीप र ज्ञानलाई यो संस्थाको सवलीकरणमा प्रयोग गर्नका लागि उम्मेदवारी दिएका थिए । उनले संस्था स्थापनाको छोटो समयमा नै लगानी भित्र्याउने, रोजगारी अभिवृद्धि गर्नेदेखि नेपाल सरकार, राजनैतिक दल, उद्योगी व्यापारी एवं अन्य लगानीकर्ताहरू बीच समन्वयात्मक भूमिका गर्ने कार्यमा एनआरएनए एवं यसका अभियन्ताहरू हरदम क्रियाशिल रहेकाले भविष्यमा संस्थाका राम्रा कार्यक्रमहरूलाई निरन्तरता दिने बताए ।

Show More

Related Articles

Back to top button