समाचार

तनहँुमा विवेकशील साझा पार्टी गठन

तनहँुमा पनि विवेकशील साझा पार्टी नेपालले संगठन विस्तार गरेको छ । शनिबार दमौलीको पन्चम होटलमा सम्पन्न एक कार्यकर्ता भेलाका बीच पार्टीले सागर घिमिरेको संयोजकत्वमा जिल्ला तदर्थ समिति गठन गरेको छ । समितिको सह–संयोजकमा नगेन्द्र शर्मा ढुंगाना चयन भएका छन् । त्यस्तै सदस्यहरुमा अनिद मिश्र, उत्सव अधिकारी, भानु चापागाई, कपिल ढकाल, कृष्ण थापा, आकाश खनाल, कमल थापा तथा पुर्णकला पौडेल, शुशिला केसी, दीपेन्द्र थापा, विमल केसी र भुमिका बराल आचार्य रहेका छन् ।

विवेकशील र साझा पार्टी एकीकृत भएपछि तनहुँमा पहिलोपटक संगठन विस्तार गरिएको हो । पार्टीका गण्डकी प्रदेश संयोजक महेश भण्डारीको उपस्थितीमा भेलाबाट १४ सदस्यीय समिति गठन गरिएको बताईएको छ ।

Show More

Related Articles

Back to top button