समाचार

मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्ष पुनले लगाए ‘मित’ !

केन्द्रीय राजनीतिमा एउटै पार्टी भित्रका नेताबीच विवाद चर्किरहेका बेला नेकपाका नेता समेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र कांग्रेसबाट निर्वाचित म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डम्बरहादुर पुनले ‘मित’ लगाएका छन् । अन्नपूर्ण–२ भुरुङ्ग तातोपानीमा सोमबार साँझ मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्ष पुनले पारिवारका सदस्यको उपस्थितिमा मित लगाएका हुन् । परम्परागत विधि अनुसार एक अर्काले भादगाउँले टोपी र माला सासाटाटका साथै टाउको जोडेर मित लगाएका हुन । मित लगाएपछि केक काटेर खुसीयाली साटासाट गरेका छन् । उनीहरुबीच यसअघिनै मित लगाउने सझदारी भएको थियो ।

बुवाको किरीया बसेका गण्डकी प्रदेशसभा सदस्य चन्द्रमोहन गौचनलाई मुस्ताङमा भेटेर फर्कने क्रममा गुरुङ र अध्यक्ष पुनले मित लगाएका हुन् । ‘निर्वाचन पहिले उहाँसँग चिनजान थिएन, जनप्रतिनिधि भएपछि कार्यक्रममा उहाँसँगसँगै हुने अवसर मिल्यो, धेरैले उहाँ र मलाई दुई भाइ जस्तै भनेर पनि चिनाउन थाले,’ अध्यक्ष पुनले भन्नुभयो ‘उहाँ र म निकटका साथीहरुले मितको प्रस्ताव गर्नुभयो, हामीले स्वीकार गर्यौँ र मित लगायौँ ।’

नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य समेत रहेका गुरुङ नेकपाका प्रदेश इञ्चार्ज हुन् । भारतीय गोर्खा सैनिकको सेवा निवृत्त क्याप्टेन पुन नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । फरक राजनीतिक आस्था भएपनि भावनात्मक निकटताले उनीहरुलाई मितेरी साइनोसम्म पु¥याएको हो । आफूको मितेरी साइनोले केन्द्रीय स्तरका नेतालाई फरक आस्था र विचार भए पनि राष्ट्रिय हितका मुद्दामा मिलेर अघि बढ्ने सन्देश दिन खोजेको अध्यक्ष पुनको भनाइ छ ।

पश्चिम नेपालको पहाडी बस्तीमा पुरुषले ‘मित’ र महिलाले ‘सैना’ लगाउने चलन छ । विशेष गरेर छिमेकी गाउँका युवा र युवतीबीच परम्परागत रुपमा मित र सैना लगाउने चलन थियो। पछिल्लो समय मौलिक संस्कृति र चलनको रुपमा रहेको मितेरी साइनो हराउँदै गएको थियो । आफू र अध्यक्ष पुनबीचको विकासप्रेमी सोच र भावनात्मक सम्बन्धकै कारण मित साइनो जोड्ने कुरा सम्भव भएको मुख्यमन्त्री गुरुङको भनाइ छ ।

गत वर्षको माघमा अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको प्रथम अन्नपूर्ण पर्यटन महोत्सवकै अवसरमा मुख्यमन्त्री गुरुङ र अध्यक्ष पुनबीच मितेरी साइनो लगाउने चर्चा थियो । मित लगाउने कार्यक्रममा म्याग्दी क्षेत्र ९क०बाट निर्वाचित प्रदेश सांसद बिनोद केसी, मंगला र मालिका गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी र खरमाया बिटालु पनि सहभागी थिए ।

Show More

Related Articles

Back to top button