हेडलाईनसमाचारAll

एसइइ परिक्षाको सबै तयारी पुरा तनहुँबाट ६ हजार विद्यार्थी एसइइ परिक्षामा सहभागी हुने

दमौली खबर संवाददाता

तनहुँ, चैत्र १६

शुक्रबारबाट देशैभरी माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदैछ । जस अनुसार यस वर्ष तनहुँ झण्डै ६ हजार विद्यार्थी सहभागी हुँदै छन् । चैत्र १७ देखि गतेदेखि २९ गतेसम्म हुने परीक्षा लागि पाँच हजार ७ सय ६६ विद्यार्थी सहभागी हुने भएका हुन् । परिक्षाको सबै तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय इकाइ तनहुँले जनाएको छ ।

नियमिततर्फ पाँच हजार ५ सय ३६, ग्रेडवृद्धिमा ७७ जना र प्राविधिक धारका १५३ विद्यार्थी एसइइ परिक्षामा सहभागी हुने इकाईले जनाएको । जिल्लामा २६ वटा परिक्षाकेन्द्रबाट उक्त सङ्ख्याका परीक्षार्थी सहभागी हुने इकाईका प्रमुख वसन्तराज पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार प्रत्येक परिक्षा केन्द्रमा ५ देखी १० जना सम्म सुरक्षाकर्मी खटाइनेछ । जिल्लाको चार वटा माध्यमिक विद्यालयमा मात्र कक्षा ९ र १० मा प्राविधिक सञ्चालन हुने भएकोले प्राविधिकतर्फ विद्यार्थी सङ्या न्यून रहेको इकाइ प्रमुख पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार सत्यवती माविमा कम्प्युटर इन्जिनियर, पञ्चमुनिदेव माविमा भेटेरिनरी, राम शाह माविमा सिभिल इन्जिनियरिङ र गाउँफर्क माविमा कृषि विषय सञ्चालन गरिएको छ । गुरुकुल संस्कृत तर्फ साधारण संस्कृतमा १९ जना र संस्कृतमा ५३ जना विद्यार्थी परीक्षामा सहभागी हुने इकाइका शाखा अधिकृत विश्वप्रकाश रेग्मीले जानकारी दिनुभयो ।

कक्षा १२ सम्मलाई विद्यालय शिक्षा मानिने भए पनि थप अध्ययनका नयाँ बाटो खुला हुने भएकाले एसईईलाई परिक्षालाई महत्व दिने गरिएको छ । परीक्षा समय बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म तोकिएको छ । पहिलो दिन १७ गते शुक्रबार अनिवार्य अङ्ग्रेजीको परीक्षा हुनेछ । सोही दिन वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत र साहित्यको परीक्षा हुनेछ । दोस्रो दिनको परीक्षा चैत १९ गते अनिवार्य गणितको परीक्षा हुनेछ । चैत २० गते अनिवार्य नेपालीको परीक्षा हुनेछ भने गैर नेपाली विद्यार्थीका लागि ‘इलेक्टिभ इङ्गलिस’ विषयको परीक्षा हुने राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । अनिवार्य विज्ञानको परीक्षा चैत २२ गते हुनेछ । वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवादको परीक्षा हुने बोर्डले जनाएको छ ।

Show More

Related Articles

Back to top button