समाचार

जोनल रोट्रयाक्ट जेडआरआरमा घले

दमौली खबर सम्वाददाता
मंसिर २० दमौली । रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भुटान अन्तर्गत जोन ३ को जोनल रोट्रयाक्ट प्रतिनिधिमा सन्जु घले निर्वाचित भएकी छिन् । जेडआरआर रोट्रयाक्ट क्लब अफ वेदव्यास दमौलीकी संस्थापक अध्यक्ष समेत रहेकी घले रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भुटान अन्तर्गत जोन ३ को जोनल रोट्रयाक्ट प्रतिनिधि जेडआरआरमा शनिबार निर्वाचित भएकी हुन् ।सात मध्ये तीन वटा क्लबबाट जेडआरआरको लागी उम्मेदवारी परेको थियो । जसमा रोट्रयाक्ट क्लब अफ दमौली, लमजुङ र वेदव्यासबाट उम्मेदवारी परेको थियो ।दुई मतको बराबरी भए पछि गोला प्रथा गरि विजेता छानिएको थियो । तेस्रो जोनल बैठकबाट घले निर्वाचित भएकी हुन् । अब घलेले जोनमा आवद्ध रहेको सात वटा क्लबको नेतृत्व गर्ने तथा मुल्याङकन गर्ने भएकी छिन् ।

Show More

Related Articles

Back to top button