भानु मार्गको जोखिम यात्रा अन्त्य गरौं
दमौली खबर संवाददाता
राष्ट्रिय विभूति आदिकवि भानुभक्तको नाममा स्थापित भानु मार्गका उपभोक्ता वषौैं देखि जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । यसमार्गको स्तर उन्नती तथा पुल, कल्भवको मर्मम संभारमा ध्यान पुगेको देखिदैन । भानु नगरपालिका–१को भन्सार देखि चन्द्रावतीहुँदै भानु नगरपालिका–१३ को ठुलोढु्ङ्गा निस्कने करिव १७ किलोमिटर भानुमार्गमा रहेको पुलहरु जीर्ण र अधिकांश स्थानमा सडक भत्किदाँ यात्रा जोखिमपूर्ण हुनु दुर्भाग्य हो । जीर्णपुल भासिने खतरा भएकोले यात्रा यातायात आवागमन जोखिम भएको स्थानीयले गुनासो गरेको भएपनि मागको सुनुवाई भएको छैन । भानुमार्गको भानु नगरपालिकाको कार्यालयल फुस्रेटारदेखि चन्द्रवतीसम्म पिच गरिएको करिव ७ किलोमिटर खण्डको अधिकांश सडक भत्किएर क्षति पुग्दा समेत मर्मंत सम्हारमा कसैले वास्ता नगर्दा सास्ती खेप्नु पर्ने बाध्यताको अन्त्य हुन सकेको छैन । छ सय फाँटको कालिपारे चौतारेको पुल, टुहुरेपसलको पुल, बांगे रहको पुल र जिम्मल चौताराको खोल्सी जुनसुकै बेला पनि भासिने जोखि छ । यो मार्गमा ५ वटा वस सहित दैनिक ५० वटासम्म सवारीसाधन चल्ने गर्छन् । पुलिमराङ, पोखरीछाप, रयाले, बयपानी निस्कने मुख्य मार्ग नै यही हो । उक्त मार्ग मर्मत नहुँदा हजारौं यात्रुलाई यात्रामा समस्या भएकोले स्थानीय, प्रदेश तथा संघ सरकारले ध्यान दिनुपर्दछ । राष्ट्रिय राजनीतिमा हैसियत भएका नेताहरु भएपनि यस प्रति चासो दिएको पाईदैन । चासो दिएको भए यस्तो हालत हुने थिएन । जनताको पीर मर्कालाई ध्यान राखि र जनतालाई अकालमै मृत्यु हुनको लागि बचाउन सम्बन्धित निकायले ध्यान दिनुपर्दछ ।