तनहुँ जिल्लाका आदिवासी जनजाति दरै (दराई) हरुले आफ्नो पुरानो रितीतिथीलाई जोगाई राखेका छन् । यसलाई जोगाउनको लागि नयाँ पुस्तालाई पुरानो ज्ञान दिँदै आएका छन् । यस क्रममा बैशाख पूर्णीमाको भोलीपल्ट नयाँ आगो उत्पन्न गराइ भँगेर देवताको पूजापाठ गरेर नयाँ पुस्तालाई सीप सिकाएर ज्ञान हस्तान्तरण गरेका छन् । आगो प्रकृतिबाटनै उत्पन्न गराएर ज्ञान हस्तान्तरण गरेका छन् । गिदरी जातको काठमा गिदरीकै काठको डन्डी बनाएर डोरीको सहायताले दहि मोथेझै मोथेर नयाँ आगो उत्पन्न गराएर सिकाएका छन् । सोहि आगोमा विधिपूर्वक पूजा अर्चना सहित भँगेर देवताको पूजापाठ गरि मनाएका पनि छन् । व्यास नगर पालिका वडानं ५ ढोडेनिका दरै समुदायले ज्ञानको पुस्ता हस्तान्तरण गरेर इतिहासलाई जीवित बनाएका छन् । देशको पहिचान भनेको माटो अर्थात भूगोल मात्रै हैन, सस्कार र सस्कृति पनि हो । सस्कृति विहीन देशको कुनै पहिचान नै हुँदैन । देशको अस्तित्वको लागि हाम्रो रीतिरिवाज, परम्परा तथा सस्कृतिको जर्गेना गर्नु सबैको कर्तव्य हो । ढोडेनीका दरै समुदायले जस्तै अन्यपनि आफ्नो पूर्खाको चलनलाई जीवित राख्ने काम गर्नुपर्दछ ।
Related Articles
वसन्त पन्चमी एवं सरस्वती पूजा तनहुँमा पनि विविध कार्यक्रम गरि मनाईयो वाराही आवासीय मावि र नेशनल एपोलो हस्पिटलबीच उपचारको लागि सम्झौता
January 27, 2023
उपाध्यक्ष बालकृष्ण घिमिरेको नमुना काम
January 5, 2023
महोत्सवलाई सफल पारौं
January 9, 2023
Check Also
Close
-
गाउँपालिकाको आफ्नै खर्चमा विद्यार्थीलाई दिवा खाजाको व्यवस्था
August 18, 2023

