हेडलाईनसमाचार

प्रेस युनियन तनहुँद्धारा श्रेष्ठ परिवारलाई भेट गरी समवेदना व्यक्त

दमौली खबर संवाददाता
दमौली, असोज २ । नेपाल प्रेस युनियन तनहुँले मातृ शोकमा रहनु भएका नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी अशोक कुमार श्रेष्ठको परिवारजनलाई शनिबार भेट गरी समवेदना प्रकट गरेको छ । प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्की नेतृत्वमा गएको टिमले काजकिरिया रहनु भएका परिवारजनलाई नवौ दिनमा भेट गरी समवेदना व्यक्त गरेको हो ।
     श्रेष्ठको ९५ वर्षको उमेर यही भदौ २४ गते निधन भएको थियो । ममतामयी आमाको निधनले युनियन अत्यन्त दुःखित भएको र दुःखत खडीमा स्वर्गिय आत्माको वैकुष्ठवासको कामना गर्दै शोक सन्तत्व परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।
Show More

Related Articles

Back to top button