हेडलाईनUncategorized

तनहुँमा मंगलबार १५ जनाले जिते कोरोना

तनहँुमा कोरोना जितेर घर फर्किनेको संख्या दिन प्रतिदिन बढ्दै गएपछि आइसोलेसन रित्तिँदै गएका छन्। मंगलबार मात्रै तनहँुमा १५ जनाले कोरोना जितेर घर फर्किसकेका छन्।

जिल्ला स्वास्थ्य कार्यालय तनहँुले दिएको जानकारी अनुसार मंगलबार सम्म ९०जनाले कारोना जितेर घर फर्किएका हुन्। मंगलबार बन्दिपूर गाँउपालिका ११, भिमाद नगरपालिका ४ जना १५ जना संक्रमण मुक्त भएका छन्। नयाँ कोरोना संक्रमण पुष्टि हुनेको संख्या घट्दो छ। यहाँका विभिन्न क्वारेन्टाइन र आइसोलेसनमा बसेका व्यक्ति धमाधम निको हुँदै घर फर्किन थालेका छन्। त्यस्तै सोमबार व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आइसोलेशनबाट एकैदिन ३२ जनाले कोरोना जितेर घर फर्किएका छन् । उक्त आइसोलेशनमा बस्दै आएकामध्ये सबैभन्दा बढी ऋषिङ गाउँपालिकाका बासिन्दा १८, म्याग्दे गाउँपालिकाका ६, व्यास नगरपालिकाका ५ र भानु नगरपालिकाका ३ जना रहेका छन् ।

जिल्लाको विभिन्न पालिकामा रहेको आईसोलेसनमा ४९ जना कोरोना सक्रमितको उपचार भईराखेको छ । सुरु सुरुमा कोरोना सक्रमीतको संख्या दिन दिनै बढ्दै गएपछि व्यवस्थापनमा निकै कठीनाई भएको थियो । हाल सम्म तनहँुमा सक्रमीतको संख्या एक सय ३९ पुगेको छ ।

Show More

Related Articles

Back to top button