समाचार

फरार १२ प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्धामा फरार रहेका प्रतिवादी आईतबार पक्राउ गरेको हो । देवघाट गाउँपालिका–२ का सुमन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। जबरजस्ती करणी मुद्दामा सात वर्षदेखि उनि फरार रहेका थिए । श्रेष्ठलाई जिल्ला अदालतले २०७० माघ १७ गतेको फैसलाले ६ महिना कैद सजाय तोकेको थियो ।

लागुऔषध गाँजा मुद्दामा तीन महिनादेखि फरार व्यास नगरपालिका–१० बस्ने वर्षी जेके भन्ने टेकबहादुर विकलाई समेत पक्रन प्रहरी सफल भएको छ । जालसाजी मुद्दामा फरार ४ जना, नाता कायम, गाली बेइज्जती मुद्दामा फरार २÷२, सम्बन्धविच्छेद र सवारी ज्यान मुद्दामा फरार १÷१ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाबाट एक वर्ष तीन महिना कैद र ११ हजार एक सय ८७ रुपैयाँ जरीवाना भुक्तानका लागि अदालत पठाईएको छ ।

Show More

Related Articles

Back to top button