समाचारUncategorized

बजारमा छ्याप–छ्याप्ती म्याद नाघेका बस्तु

दशैतिहारको मौकामा उपभोक्ताको स्वास्थ्यलाई असर पार्ने गरी व्यापारीले अखाद्य बस्तु बिक्रीमा राखेको पाइएको छ । जिल्लाका अधिकांश स्थानको अनुगमनका क्रममा पालिकाभित्र सञ्चालित खाद्यान्न र मासु पसलमा कुहिएका सामाग्री बिक्रीमा राखेको पाइएको छ । आँबुखैरेनी गाँउपालिकाले एक साता लगाएर गरेको अनुगमनमा बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु बिक्रीका लागि राखिएको पाइएको अनुगमन समितिका संयोजक एवं गाँउपालिकाकी उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले जानकारी दिईन् । उनले भनिन्,‘बजार अनुगमनको क्रममा अधिकांश पसलमा म्याद सकिएको खाद्य वस्तु फेला पर्यो । म्याद सकिएका सबै वस्तुलाई नष्ट्र गरिएका छौ । ’ अनुगमनको क्रममा फरक–फरक मुल्य सुचि, गाँउपालिकामा व्यवसाय दर्ता नभएको समेत भेटिएको उनले बताईन्

गाँउपालिकाले सप्लायर्सलगायतका स्टोर तथा पसलमा अनुगमन गरेको थियो । यस्तै शुक्लागण्डकी नगरपालिकाले पृथ्वीराजमार्गको आसपास सञ्चालित रहेका किराना पसलमा अनुगमन गरेको थियो । अनुगमनमा क्रममा अधिकांश पसलमा मूल्यसूची नराखी एउटै सामानको फरक मूल्यमा बिक्री भएको, म्याद गुज्रेका सडेगलेका सामान बिक्रीका लागि राखिएको पाइएको बताईएको छ । लगायतमा भएको अनुगमनमा पनि अखाद्य बस्तु छ्यापछ्याप्ती पाइएको बताए । त्यस्तै व्यास नगरपालिकाले पनि सोमबार व्यास ३ का केही पसलमा अनुगमन गरेको थियो । अनुगमनमा दमौलीको डेरी पसलमा छ्यापछ्याप्ती अखाद्य बस्तु बिक्रीका लागि राखिएको पाइएको अनुगमन समितिका संयोजक एवं नगरपालिकाकी उपप्रमुख मिरा जोशीले बताईन् ।

अनुगमनका क्रममा जफत गरिएका सामग्री नगरपालिकाले नष्ट गरेको छ ।त्यस्तै मासु पसलहरुमा गरिएको अनुगमनमा खुल्ला रुपमा मासु राखिएको समेत भेटिएको खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय तनहँुका प्रमुख प्रशान्त पोख्रेलले बताए । उनले भने,‘अनुगमनमा सरसफाई नभएको, शौचालयको नजिक मासु पसल रहेको भेटिएको छ ।’ संयोजक अनुगन गर्ने अधिकार स्थानीय सरकारसँग भएपनि कारबाही गर्ने अधिकार नहुँदा अनुगमन फितलो हुने गुनासो गरे ।बजारमा छ्याप–छ्याप्ती अखाद्य बस्तु

दशैतिहारको मौकामा उपभोक्ताको स्वास्थ्यलाई असर पार्ने गरी व्यापारीले अखाद्य बस्तु बिक्रीमा राखेको पाइएको छ । जिल्लाका अधिकांश स्थानको अनुगमनका क्रममा पालिकाभित्र सञ्चालित खाद्यान्न र मासु पसलमा कुहिएका सामाग्री बिक्रीमा राखेको पाइएको छ । आँबुखैरेनी गाँउपालिकाले एक साता लगाएर गरेको अनुगमनमा बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु बिक्रीका लागि राखिएको पाइएको अनुगमन समितिका संयोजक एवं गाँउपालिकाकी उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले जानकारी दिईन् । उनले भनिन्,‘बजार अनुगमनको क्रममा अधिकांश पसलमा म्याद सकिएको खाद्य वस्तु फेला पर्यो । म्याद सकिएका सबै वस्तुलाई नष्ट्र गरिएका छौ । ’ अनुगमनको क्रममा फरक–फरक मुल्य सुचि, गाँउपालिकामा व्यवसाय दर्ता नभएको समेत भेटिएको उनले बताईन्

गाँउपालिकाले सप्लायर्सलगायतका स्टोर तथा पसलमा अनुगमन गरेको थियो । यस्तै शुक्लागण्डकी नगरपालिकाले पृथ्वीराजमार्गको आसपास सञ्चालित रहेका किराना पसलमा अनुगमन गरेको थियो । अनुगमनमा क्रममा अधिकांश पसलमा मूल्यसूची नराखी एउटै सामानको फरक मूल्यमा बिक्री भएको, म्याद गुज्रेका सडेगलेका सामान बिक्रीका लागि राखिएको पाइएको बताईएको छ । लगायतमा भएको अनुगमनमा पनि अखाद्य बस्तु छ्यापछ्याप्ती पाइएको बताए । त्यस्तै व्यास नगरपालिकाले पनि सोमबार व्यास ३ का केही पसलमा अनुगमन गरेको थियो । अनुगमनमा दमौलीको डेरी पसलमा छ्यापछ्याप्ती अखाद्य बस्तु बिक्रीका लागि राखिएको पाइएको अनुगमन समितिका संयोजक एवं नगरपालिकाकी उपप्रमुख मिरा जोशीले बताईन् ।

अनुगमनका क्रममा जफत गरिएका सामग्री नगरपालिकाले नष्ट गरेको छ ।त्यस्तै मासु पसलहरुमा गरिएको अनुगमनमा खुल्ला रुपमा मासु राखिएको समेत भेटिएको खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय तनहँुका प्रमुख प्रशान्त पोख्रेलले बताए । उनले भने,‘अनुगमनमा सरसफाई नभएको, शौचालयको नजिक मासु पसल रहेको भेटिएको छ ।’ संयोजक अनुगन गर्ने अधिकार स्थानीय सरकारसँग भएपनि कारबाही गर्ने अधिकार नहुँदा अनुगमन फितलो हुने गुनासो गरे ।

Show More

Related Articles

Back to top button