नेपालमा फूलको बजार राम्रो छ तर त्यसको सही व्यवस्थापन हुन सकेको छैन । सही व्यवस्थापन हुन नसक्दा तिहार स्वेदेशी फूलले माग धान्न नसक्ने अवस्था छ । माग धान्न नसक्दा भारतबाट फूल आयात हुने गरेकोमा सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूल प्रतिबन्ध लगाएर राम्रो कार्य गरेको छ । यसले गर्दा भारतबाट सस्तोमा आयात हुने फूलले गर्दा स्वदेशी कृषकलाई मर्का परेको थियो । यस्तो प्रतिबन्ध निरन्तरता दिनु पर्छ ताकि आगामी दिनमा कृषकले आफ्नो उत्पादन विक्री हुँदैन कि भन्ने चिन्ता हराउन पुग्छ । तिहारमा विशेषगरी शहरी क्षेत्रमा करिव ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको भएपनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेकोमा यो वर्ष सयपत्री फूल आयातमा सरकारले रोक लगाएको फ्लोरिकल्चर एशोसिएशन नेपालले बताएको यो खुसीको कुरा हो यसले कृषकलाई प्रोत्साहन मिल्ने हुँदा आत्मनिर्भर बनाउन टेवा पुग्दछ । तिहारमा धेरै मखमली र सयपत्री फूलको माग धेरै हुन्छ । ग्रामिण क्षेत्रमा भने फूल आत्मनिर्भर नै हुन्छ । गाउँमा जमिन बाँझो तर त्यो जमिनको सदुपयोगको लागि सरकारले उचित कदम चाल्न सकेको छैन । खेर गएको जमिनमा सिंचाई र आधुनिक प्रविध भित्राएर देशलाई फूल लगायत खाद्यान्नमा आत्मनिर्भर मात्रै हैन निर्यात गर्न योग्य बनाउने कदम चालिनु पर्दछ ।
Related Articles
सांसद लामिछानेका सवारी चालक थापाको निधन ।।
May 3, 2023
रोट¥याक्टका युवाहरुको सकरात्मक कार्य
March 20, 2023
Check Also
Close
-
चितुवाको आक्रमणबाट जोगिन ध्यान दिऔं
October 19, 2023
