समाचारAll

लायन्स क्लव अफ तनहुँद्धार विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

दमौली खबर संवाददाता

दमौली, पुस २७ । भानु नगरपालिका वडा नम्बर ७ चन्दनीमा रहेको चण्डिकालाल अम्मर प्राथमिक विद्यालयका बालवालिकाहरुलाई बुधवार न्यानो कपडा वितरण गरिएको छ । गण्डकी प्रदेश सांसद अशोक कुमार श्रेष्ठले बालवालिकाहरुलाई न्यानो कपडा हस्तान्तरण गर्दै लायन्स क्लवले अनाथ, दिनदुखी, गरिव र असाहाय बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेर एक उदाहरणीय काम गरेको बताउनुभयो । समस्यामा परेका बालवालिकाहरुलाई प्रदेश सरकार सहयोग गर्न सधै तत्पर रहेको उल्लेख गर्नुभयो । चण्डिकालाल अम्मर प्राथमिक विद्यालयका अध्यक्ष अम्मरसिंह गुरुङको योगदानको उच्च मुल्याङ्कन गर्दै प्रदेश सांसद श्रेष्ठले उहाँले पु¥याउनुभएको समाजसेवाको सबैले अनुशरण गर्नुपर्ने बताउनुभयो ।

लायन्स क्लवअफ तनहुँका अध्यक्ष राजु दाहालले जाडो मौसममा कलिला बालवालिकाहरुलाई न्यानो कपडा वितरण गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा लायन्सले समाजसेवाको क्षेत्रमा यस्तै अनुकरणिय कार्यहरु गर्ने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्मरसिंह गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शिक्षक चन्द्रकला थापाले स्वागत मन्तव्य गरेकी थिईन भने कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानध्यापक इन्दुकान्त पण्डितले गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समितिका सदस्य गोविन्द ढकाल लगायतले लायन्सले जस्तै अन्य संघसस्थाहरुले पनि सामाजिक काम गरेर देखाउनु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा २७ जना बालवालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको थियो ।

Show More

Related Articles

Back to top button