समाचारव्यासनगरपालिका

ब्यासले करको दायरा बढाउने

व्यास नगरपालिकाले करको दायरा बढाउने र पुनरावलोकन गर्ने तयारी गरेको छ । सोमबार बसेको व्यास नगर कार्यपालिकाको बसेको बैठकले करको दायरा बढाउने र पुनरावलोकन गर्ने निर्णय गरेमो हो। त्यसका लागि आगामी नगर सभामा मस्यौदा प्रस्ताव तयार पार्नका लागि राजस्व परामर्श समितिलाई निर्देशन दिएको निर्णय भएको छ । त्यस्तै बैठकले पाँच वडामा कृषि जैविक विविधता कार्यक्रम सन्चालन गर्न समिती गठन गर्ने भएको छ।

नगरपालिकाले व्यास ५ र ६ तथा ७, ९ र १० वडाका जग्गा समेटेर दुई फरक क्लस्टरमार बाली विकास तथा कृषि जैविक विविधता संरक्षण कार्यक्रम सञ्चालन गर्नका लागि व्यास ७ का वडाध्यक्ष सतिशचन्द्र न्यौपानेको संयोजकत्वमा सात सदस्यीय कृषि सहजीकरण समिति गठन गर्ने निर्णय गरेको हो ।नगरप्रमुख बैकुण्ठ न्यौपानेको सभापतित्वमा बसेको बैठकले अपांगता भएका व्यक्तिको परिचय पत्र वितरण कार्य विधि २०७५ लाई संसोधन गर्ने समेतका निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Show More

Related Articles

Back to top button