हेडलाईनसमाचार

क्षेत्र नम्बर २ मा भण्डारी र गुरुङद्धारा उम्मेदवारी दर्ता

दमौली खबर संवाददाता
दमौली, असोज २३ ।
 तनहुँका क्षेत्रनम्बर २ मा प्रतिनिधी सभाको लागि गठबन्धनको तर्फबाट काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले उम्मेदवारी दर्ता गर्नु भएको छ ।
प्रदेश सभाको लागि ‘क’ माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपाने, ‘ख’ नेपाली काँग्रेसका जीतप्रकाश आलेले उम्मेदवारी दिनु भएको छ । एमालेको तर्फबाट प्रतिनिधी सभाको लागि नेकपा एमालेको तर्फबाट स्थायी कमिटीका सदस्य किरण गुरुङले उम्मेदवारी दर्ता गर्नु भएको छ ।
 एमालको तर्फबाट प्रदेश सभाको लागि ‘क’ मा श्यामराज महत र ‘ख’ मा केदार सिग्देलले उम्मेदवारी दर्ता गर्नु भएको छ । प्रतिनिधी सभाका उम्मेदवार दुवै पूर्व वनमन्त्री हुनुहुन्छ ।
Show More

Related Articles

Back to top button