हेडलाईनसमाचार

नेताहरु नमिलेर तनहुँमा काँग्रेस हार्नु परेको कार्यक र्ताको भनाई

दमौली खबर संवाददाता
दमौली , ८ साउन ।  काँग्रेसका केन्द्रीय स्तरका नेताहरु नमिलेको कारण तनहुँमा काँग्रेस पराजित हुनु परेको कार्यकर्ताको भनाई छ । नेपाली काँग्रेस व्यास नगर समितिले आईतबार दमौलीमा गरेको आयोजना गरेको नेपाली काँग्रेसका कार्यकतासँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा वक्ताहरु सो धारणा राखेका हुन् ।
 केन्द्रीय स्तरका नेताहरुले एकले अर्कोको रिस गर्ने, एक नेताले अर्को नेताको विरुद्धमा बोल्ने गरेकाले पराजित हुनु परेको भनाई थियो । आफ्नो पार्टीको नेताका विरुद्ध खोइरो खन्ने परिपार्टीले पाटी कमजोर बनेको व्यास नगरपालिलका–४ निवासी शुसिला शर्माले बताउनुभयो । ‘  काँग्रेस हुनु पर्ने, पद लिनु पर्ने तर एकले अर्को नेताको विरोध गर्ने अवस्थाको अन्त्य गरिनु पर्दछ’ शुसिलाले भन्नुभयो । यस्तै धारण धेरैले राखेका थिए । सिमिति व्यक्तिसँग सामिप्यता हुने र लाभलिने गरेकोले पार्टी प्रति वितृष्णा जागेको भनाई अन्यको थियो । समयमा उम्मेदवारी चयन नगर्ने र हतार बनेको उम्मेदवारले भोट माग्न समेत दैलामा पुग्न नभ्याउने अवस्था आएकोले पनि चुनावमा भोट घटेको नेका व्यास नगरपालिका वडा नम्बर ३ का सहसचिव करुण काफ्लेले बताउनुभयो ।
यस भनाई प्रति नेता पौडेलले सबै साथीहरुलाई मिलाएर लैजाऔं, सबै एक भएर जाऔं भनेर प्रयाश गर्ने गरेको बताउनुभयो । केही नेताहरु व्यक्तिगत स्वार्थले गर्दा पार्टीलाई कमजोर बनाउने खेलमा लाग्ने त्यस्ता फोहोर मैलालाई भने फाल्न उपयुक्त हुने नेता पौडेलले बताउनुभयो । काँग्रेस सरकारमा नहुँदा विकास अबरुद्ध भएको उल्लेख गर्दै नेता पौडेल तनहुँमा विकास बजेट कटौती हुँदा प्रभावित बनेको र काँग्रेसको नेतृत्वमा सरकार आएपछि सूचारु भएको बताउनुभयो ।
 बुद्धसिंह राजमार्ग पक्कि बनाउन बजेट निकासका भएको, तराईंसँग जोड्ने राजमार्गलाई काँग्रेसले नै शुरुवात गरेको र  अन्य राजमार्गमा बजेट व्यस्वस्था भएकोले अबरुद्ध विकास फेरी सुरु भएको पौडेलले बताउनुभयो ।
प्रदेश सरकारले गर्दा खर्च बढेर श्रीङ्लकाको जस्तो चरम आर्थिक अभाव हुन सक्छ आर्थिक सङकटबाट जोगाउन सङ्घीय खारेजी गर्न उपयुक्त हुन्छ भन्ने कार्यकताको जिज्ञासलाई जवाफ दिँदै नेता पौडेलले सो धारणा राख्नु भएको हो ।  विशेष गरी मधेस आन्दोलन, जनजाति आन्दोलनले प्रदेश सरकार स्थिपित भएकोले फेरी आन्दोलनमो अवस्था आउन सक्ने हुँदा हाल खारेजी गर्न नमिल्ने बताउनुभयो । ‘ठुलो आन्दोलनलाई सम्बोधन गर्न प्रदेश सरकार स्थापना भएको हो बरु त्यसलाई प्रभावकारी बनाउने उपायको खोजी गरिनु पर्छ’ वरिष्ठ नेता पौडेलले भन्नुभयो । राजनीतिक कार्य अघि बढाउँदा कार्यकताको भावाना बुझ्न जरुरी रहेको अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गरिएको नेपाली काँग्रेस व्यास नगर सभापति सूर्यचन्द्र हड्खलेले जानकारी दिनुभयो ।
Show More

Related Articles

Back to top button