हेडलाईनसमाचारव्यासनगरपालिका

बजारलाई व्यवस्थित र विश्वसनीय बनाउन प्रशासनद्धारा विभिन्न निर्देशन

दमौली खबर संवाददाता
तनहुँ, असोज ८ ।  चाडपर्वको अवधिमा बजारलाई व्यवस्थित र विश्वसनीय बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले विभिन्न निर्देशन गरेको छ ।
    कार्यालयले विज्ञप्ती प्रकाशन गरि निर्देशन गरेको हो । अनुगमनका क्रममा भेटिएका प्रयोग गर्ने अवधि समाप्त भएका सामाग्रीलाई तत्काल नष्ट गर्ने र नमूना परीक्षण गर्न आवश्यक पर्ने भएको खण्डमा प्रक्रिया पुरा गरी खाद्य तथा प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँमा पठाउने निर्णय भएको विज्ञप्तीमा उल्लेख छ । त्यस्तै बैठकले अनुगमनको क्रममा कुनै व्यक्ति, फर्म वा व्यवसाय सञ्चालकलाई कार्वाही गर्नुपर्ने अवस्था सिर्जना भएमा सहायक प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्न आग्रह गरेको छ ।
    दशैमा विक्रीका लागि ल्याईएका खसी बोका विक्रीका लागि व्यवस्था गर्न स्थानीय तहहरुसँग समन्वय गर्ने र पशुहरुको स्वास्थ्य परीक्षणका लागि पशु विज्ञहरु संग समन्वयका लागि आग्रह गर्ने भनिएको छ । त्यस्तै चाडपर्वका समयमा खाद्यन्न अभाव हुन नदिन तनहुँ उद्योग वाणिज्य सङ्घ, नगर उद्योग वाणिज्य सङ्घ समन्वय गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो । त्यसैगरी चाडपर्वका समयमा सुरक्षित यातायात र तोकिएको भाडा दरमा यातायातको व्यवस्था मिलाउन यातायात व्यवसायीहरुलाई निर्देशन दिएको छ ।
    त्यस्तै सरोकारवाला निकायहरुसँग समन्वय गरी नियमित रुपमा बजार अनुगमन गर्ने प्रशासनले जनाएको छ  । वैठक प्रमुख   जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा सम्पन्न सर्वपक्षिय वैठकको निर्णय अनुसार निर्देशन दिईएको हो
Show More

Related Articles

Back to top button