हेडलाईनसमाचारफिल्मि मनोरञ्जनAll

नायक शाहको मुद्धा माथि पुस ११ गते सुनुवाई हुने

दमौली खबर संवाददाता
तनहुँ, मङ्सिर  । अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइ सुनुवाईको लागि पुस ११ गतेलाई पेसी तोकिएको छ । तनहुँ जिल्ला अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले सो मितिमा पेसी तोकिएको जानकारी दिनुभयो ।
अभिनेता शाह माथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो । तर नवलपुरले भदौ २१ शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुव्र्यवहारको अभियोगमा साढे २ वर्षको कैद सजाय तोकेको छ । त्यसविरुद्ध पलले उच्च अदालत पोखरामा निवेदन दिनु भएको छ । गत फागुन ११ गते बालिकाका बुबाले आफ्नी बालिका छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिनु भएको थियो ।
शाह फागुन १५ गते उक्त प्रहरी कार्यालयमा आफै सम्पर्कमा आउनु भएको थियो । पहिले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिए पनि पछि पीडित भनिएकी बालिका र उहाँका बुबाले समेत दुवै अदालतमा बलत्कार हैन भनि बयान फेरेकाले यो मुद्धालाई चासोका साथ हेरिएको छ । बलात्कारका मुद्दामा अभियुक्त बनाइएका पल शाहले आफू निर्दोष रहेको भन्दै उच्च अदालतमा थुनामुक्तको माग राख्नु भएको शाहको तर्फबाट बहस गर्नु भएका वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिनुभयो ।
Show More

Related Articles

Back to top button