समाचार

तीन जना पत्रकार सम्मानित

तनहुँ समाज हङकङले जिल्लामा कार्यरत ३ जना पत्रकारलाई सम्मान गरेको छ । जिल्लामा गरिरहेको सामाजिक कार्यलाई सञ्चारमाध्यमबाट प्रचारप्रसार गरी सहयोग पु¥याएको भन्दै नेपाल पत्रकार महासंघका अध्यक्ष ओमकार आचार्य, उपाध्यक्ष सोनि शर्मा र पत्रकार सुनिता आचार्यलाई सम्मान गरेको हो ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, समाजका निर्वमान अध्यक्ष जंगबहादुर थापा र पूर्व अध्यक्ष भिमराज गुरुङले संयुक्त रुपमा प्रंशसापत्र, दोसल्ला र नगद रु. पाँच हजारले सम्मान गरिएको हो । कार्यक्रममा बोलदै नगरप्रमुख न्यौपानेले तनहुँ समाज हङकङले जिल्लामा पहिला देखिनै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा योगदान गर्दै आएको बताए । उनले भने,‘ कोरोनाको विपत् देखि बाढी पहिलो लगायत अन्य क्षेत्रमा आवश्वयक परेको बेला यस संस्थाले योगदान पु¥याउदै आएको छ । विदेशमा रहेर पनि आफ्नो मातृभूमिप्रति स्नेह र सदभाव दर्शाउदै सामाजिक बिकासको यस संस्थाले गरेको छ ।’

पत्रकार महासंघ तनहुँका अध्यक्ष आचार्यले सम्मानले थप जिम्मेवारीबोध गराएको बताए । संस्थाले बिगत १० वर्षदेखि तनहुँको शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको क्षेत्रमा सहयोग गर्दै आएकोे समाजका निवर्तमान अध्यक्ष जंगबहादुर थापाले बताए । विभिन्न सिलसिलामा हङकङमा रहेका तनहुँबासीको सक्रियतामा संकलन गरिएको रकमबाट सामाजिक कार्य गर्दै आएको थापाले जानकारी दिए ।

समाजले हरेक वर्ष जिल्लाका १२ विद्यालयका बहुअपाङ्गता भएका बालबालिकालाई उनीहरुकै आवश्यकता अनुसार सहयोग सामाग्री हस्तान्तरण, क्यामिनको छापथोक,कोटथोक, भिमाद लगायतका स्थानमा खानेपानी आयोजनाको लागि आर्थिक सहयोग, कोभिड न्युनिकरणका लागि तनहुँका १० वटै स्थानीय तहलाई सहयोग, भानु जन्मस्थल बिकास समितिमा पुस्तकालय, बाढी,पहिरो, भुकम्प लगायतका प्रकृतिक प्रकोपबाट पीडित बनेकालाई सहयोग लगायतका सामाजिक कार्य गरेको र प्रत्येक वर्ष २ जना सञ्चारकर्मीलाई सम्मान गर्ने योजना समेत बनाएको समाजका पूर्व अध्यक्ष भिमराज गुरुङले जानकारी दिए ।

Show More

Related Articles

Back to top button